२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सर्किट २ मा राणा दिदीबहिनी चम्के

काठमाडौं- नेपाली राष्ट्रिय च्याम्पियन मायंका र माहिका राणाले काठमाडौंमा सोमबारदेखि शुरू नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगितामा विजयी नतिजा निकालेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा मायंकाले महिला एकलतर्फ भारतकी एन्निका कन्ननलाई २–० ले पराजित गरेकी हुन्। मायंकाले ६–३, ६–१ को सेटमा विजय हासिल गरिन्।  बहिनी माहिकाले पनि भारतकै मिशा सुदलाई २–० ले पराजित गरिन्। माहिकाले सुदलाई ६–३, ६–४ को सेटमा हराएकी हुन्।

महिला एकलमै नेपालकी प्रेरणा कोइरालाले भारतकी जाई जीवनमाथि २–० को जित निकाल्दा विभूति कार्की, विजिशा श्रेष्ठ, एन्नी मेहता र क्याथरिन माथेमा भने पराजित भएका छन्। प्रेरणाले जाईलाई ६–१, ६–२ को सेटमा हराएकी हुन्। विभूतिले भारतकी वैदेही चौधरीलाई ६–०, ६–१ को नतिजा सुम्पिइन् भने विजिशा भारतकै माल्भिका शुक्लासँग ६–२, ६–३ ले पराजित भइन्।  एन्नी मेहता भारतकै शिवानी स्वरूप इङलेसँग ६–१, ६–० को सेटमा पराजित हँुदा क्याथरिनले चीनकी जोङयु लीलाई ६–०, ६–० को नतिजा सुम्पिइन्।

अन्य खेलमा चीनकी युजियो चेले भारतकी गौरी अग्रवाललाई ६–२, ६–१ ले हराउँदा चीनकै ना दोङले भारतकै शरण्या गवारेलाई ६–४, ६–१ को सेटमा पराजित गरिन्। भारतकी भक्ति शाहले चीनकी जिङ्यी वाङलाई १–६, ७–५, ६–० को सेटमा हराइन्। त्यस्तै चीनकी चुङछी गुवोले भारतकी रिचा दादासाहेब चौगुलेलाई ६–४, ७–६(४) ले हराउँदा चीनकै जिङ याङले भारतकी जाह्नवी पटेलमाथि ६–३, ६–३ को सेटमा विजय हासिल गरिन्।

पुरुष एकलतर्फ नेपालका सात खेलाडीमध्ये संरक्षक वज्राचार्यले मात्र विजयी नतिजा निकाले। संरक्षकले भारतका प्रत्युश माहन्तेलाई ७–५, ६–२ को सेटमा हराएका थिए। नेपालका प्रणव खनाल, सम्राज्ञ कटवाल, सौरभराज पाण्डे, अभिनव आचार्य, सक्षम कार्की, रञ्जन लामाले जित हात पार्न सकेनन्। यी सबै भारतीय खेलाडीसँग पराजित भए। प्रणवले पहिलो सेट जितेर पनि खेल गुमाएका थिए। उनी भारतका जैसभिन सिदानासँग ४–६, ६–३, ६–१ को सेटमा हारेका थिए।

साम्राज्ञ  मृत्युन्जय बडोलासँग ६–०, ६–० को सेटमा हार्दा सौरभले कविर मनराईलाई ६–०, ६–० ले नै नतिजा सुम्पेका थिए। सक्षम तीर्थ शशांक माच्रेलासँग ६–१, ६–१ ले पराजित भए भने रञ्जन आर्यन जभेरीसँग ७–५, ६–१ को सेटमा माथ खाए।

सोमबारै भारतका अचिन्त भगतले अमेरिकाका अर्जुन मारियप्पालाई ६–४, ३–६, ६–२ को सेटमा हराउँदा वंश भगतानीले नेदरल्यान्डका जेरोइन बोएरलाई ६–४, ६–४ ले पराजित गरे।  भारतकै पीयूष सुरेन्द्र सालेकरले थाइल्यान्डका माइकल माथयोमचन्दलाई ६–१, ७–५ ले हराए भने चीनका पेन्जू लीले हङकङका म्याथ्यू लीलाई ६–४, ६–३ ले पराजित गरे।

प्रकाशित: ३ फाल्गुन २०७३ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App