२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

अवलोकन पछि सामुहिक तस्बिर खिचाउँदै भट्टराई। तस्बिर: नागरिक

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन्।

सिभिल इन्जिनियरिङ सोसाइटी, पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको प्रदर्शनी अवलोकन गर्दै भट्टराईले प्राविधिक जनशक्ति देश बिकासको मेरुदण्ड भएको बताए। इन्जिनियर समेत रहेका उनले विद्यार्थीले बनाएका विभिन्न मोडलहरुको अवलोकन गरेका थिए।

 साथै रहेकी पूर्वमन्त्री हिसिला एमीले आफु पनि इन्जिनियर भएको र दशक भन्दा बढी पुल्चोक इन्जिनियरिङ कलेजमा पढाएको पुरानो अनुभव विद्यार्थीलाई सुनाइन्।

माघ २७ गते देखि सुरु भएको प्रदर्शनीको आज अन्तिम दिन हो। प्रदर्शनीको ११ औं संस्करणमा उपत्यकाका विभिन्न कलेजबाट १५ मोडल र पुल्चोक इन्जिनियरिङ कलेजका ४ वटा मोडल प्रदर्शनीमा राखिएको आयोजक समिति सदस्य शोभा शर्माले बताइन्। उनका अनुसार इन्टरनल मोडलमा १४ वटा सामाग्रि छन्।

 विभिन्न कलेका विद्यार्थीहरुले बताएका हाइड्रो पावरका नमुना, सोएल इस्टेविलिटी एनलाइटिक्स, आधुनिक सडकको नमुना, भूकम्प प्रतिरोधि प्रविधि, ड्रोन लगायतका सामाग्रिहरु राखिएका छन्।

 

 

प्रकाशित: २९ माघ २०७३ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App