२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा खोटाङको अध्यक्षमा श्रेष्ठ

खोटाङ- राप्रपा खोटाङको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन्। बुधबार राति सम्पन्न अधिवेशनले राप्रपाको ५५ सदस्यीय जिल्ला समिति गठन गरेको हो। राप्रपाको सहअध्यक्षमा ललितकुमार राई सर्वसहमत चयन भएका छन्।

केन्द्रीय महाधिवेशनपछि अन्य पदाधिकारी छनौट गर्ने राप्रपाले जनाएको छ। राप्रपाले क्षेत्र नम्बर १ मा मोतीचन्द्र राईको अध्यक्षतामा तथा क्षेत्र नम्बर २ मा नीर चामलीङको अध्यक्षतामा २१/२१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ। दुई राप्रपाको एकतापछिको अधिबेसन मंगलबार राप्रपाका सहमहामन्त्री अर्जुन राईले उदघाटन गरेका थिए।

जिल्ला अधिवेशनले जिल्ला समितिबाट ९ जना, २ निर्वाचन क्षेत्रबाट ९/९ जना र दिक्तेल नगर समितिबाट २ जना गरी २९ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ। राप्रपाको जिल्ला कार्य समितिबाट अध्यक्ष श्रेष्ठ, सहअध्यक्ष राई, सदस्यहरु चन्द्रसिं बस्नेत, प्रेमकुमारी राई, प्रताप राई, केशरमान कामी, ताराकुमार थापा, गुणराज भण्डारी र रामचन्द्र भट्टराईलाई महाधिबेसन प्रतिनिधि छानेको छ।

यस्तै, क्षेत्र नम्बर १ बाट धर्मराज पोखरेल, बिजयकला राई, जगदीश राजभण्डारी, बिष्णु गिरी, ज्ञानबहादुर राई, सिता राई, मोहितराम राई र भीमबहादुर बिश्वकर्मा तथा क्षेत्र नम्बर २ बाट नीर चामलीङ, अर्जुन राई, रबिन चामलीङ, अमर केसी, कृष्णकुमारी राई, बर्जमान राई, जौडीमान दर्जी, मिनुहाङ राई, ईन्द्रबहादुर राई र शुभकुमार राई महाधिवेशन प्रतिनिधि छानिएको राप्रपाले जनाएको छ। दिक्तेल नगरबाट सिताराम राई र चन्द्रकुमारी तारा राई महाधिवेशन प्रतिनिधि पठाएका छन्।

आगामी फागुन ६ गते हुने केन्द्रीय महाधिबेसनलाई लक्ष्यीत गर्दै जिल्ला अधिबेसन गरिएको हो। केन्द्रमा तत्कालीन राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते एकीकरण घोषणा भए पनि जिल्लामा भने पुस २ गते घोषणा भएको थियो।

प्रकाशित: २७ माघ २०७३ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App