२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनुराधालाई भारतको पदम श्री

काठमाडौं- माइती नेपालकी अध्यक्ष एवम् सामाजिक अभियन्ता अनुराधा कोइराला भारत सरकारले प्रदान गर्ने  उच्च स्तरको सम्मान पदम श्रीबाट सम्मानित हुने भएकी छन्। चेलीबेटी बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएकी उनलाई भारतले गणतन्त्र दिवसका अवसरमा उक्त सम्मान प्रदान गर्न लागेको हो।

सामाजिक क्षेत्रमा महŒवपूर्ण काम गरेको भन्दै आफूलाई उक्त सम्मान प्रदान गर्न लागेको  जानकारी पाएको कोइरालाले बताइन्। उनले नागरिकसँग भनिन्, 'मलाई भारतीय गृह मन्त्रालयले फोन गरेर पदम श्री सम्मान दिन लागेको जानकारी गराएको छ।' उनलाई आगामी फरबरीमा भारतको राष्ट्रपति भवनमा उक्त पुरस्कारबाट सम्मानित गरिनेछ।

काठमाडौंस्थित भारतीय दूतावासले पनि उनलाई उक्त सम्मानका बारेमा जानकारी गराइसकेको छ।

कोइरालाले उक्त सम्मानले आफूमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिइन्। 'यो मेरा लागिमात्र नभएर नेपालकै लागि गौरव र सम्मानको विषय हो। मेरो काँधमा थप जिम्मेवारी आएको महसुस भएको छ।' उनले सम्मानले आगामी दिनमा महिला तथा बालबालिकाका क्षेत्रमा थप काम गर्न ऊर्जा मिलेको बताइन्।

सन् २०१० मा सिएनएन हिरो अफ द इअरबाट सम्मानित कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत चेलिबेटी बेचबिखनविरुद्ध सशक्त अभियान सञ्चालन गर्दै आएकी छन्। कोइरालाले पदम श्री आफूले पाउन लागेको पहिलो विदेशी सम्मान भएको बताइन्। उनले सिएनएन हिरो उपाधि भोटका आधारमा पाएकी थिइन्।

भारतले यस वर्षको पदम श्री पुरस्कारबाट कोइरालसहित, भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहोली, ओलम्पियन सकक्षी मल्लिक, जिम्न्यास्ट दीपा कर्माकर, विकास गोडा तथा हक्की खेलाडी पीआर श्रीजेसलाई प्रदान गर्ने भएको छ। त्यस्तै चर्चित चिकित्सक सुनिति सोलोमन र कलाकार इमरात खान पनि पदम श्रीबाट सम्मानित हुने भएका छन्।

प्रकाशित: १३ माघ २०७३ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App