२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुखुरा फार्ममा अज्ञात समूहको आगजनी

नेपालगन्ज- अज्ञात समूहले सल्यानको लुहाम बजारस्थित एक कुखुरा फार्ममा आगजनी गर्दा लाखौं रुपैयाँको क्षति भएको छ। स्थानीय किसान महेन्द्र श्रेष्ठले सञ्चालन गरेको एकीकृत शुभलक्ष्मी कुखुरा फार्ममा सोमबार राती अज्ञात समूहले आगजनी गरिदिएको हो। आगजनीबाट ७ सय भन्दा बढी कुखुरा र खोर पूर्ण रुपमा जलेर नष्ट भएको पीडित श्रेष्ठ बताए। छिमेकीको बिबाह कार्यक्रममा सहभागी हुन श्रेष्ठ परिवार गएको मौका छोपेर राती करिव ८ बजेतिर आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ।

आगजनीबाट झण्डै १० लाख बराबरको क्षति भएको पीडितले नागरिकलाई बताए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायब निरीक्षक(सई) लक्ष्मण डाँगीले जानकारी दिएका छन्। यसअघि पनि श्रेष्ठको घरमा अज्ञात समूहले आगजनीको प्रयास गरेका थिए।

 

प्रकाशित: ११ माघ २०७३ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App