२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लकडाउन उल्लंघन गर्दै विरोध जुलुस

भक्तपुर, - भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विरोधमा सोमबार भक्तपुरमा जुलस प्रदर्शन गरिएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले संयुक्त रूपमा प्रदर्शन गरेको हो । 

भक्तपुरको कमलविनायकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी सूर्यविनायकमा पुगेर कोणसभामा परिणत भएको थियो । लकडाउन उलंघन भएको भन्दै प्रहरीले रोक्न खोजे पनि देशको सार्वभौमिकता रक्षाको सवाल भन्दै लकडाउनको पर्वाह नगरी पार्टीका कार्यकर्ताहरू जुलुसमा सहभागी भएका थिए । 

जुलुसमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो, कालापानीबाट भारतीय सेना तुरुन्त हटाऊ, सीमा अक्रिमण बन्द गरलगायत नारा लगाएका थिए । नेपाली भूमिका ८० किलोमिटर सडक, सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप नेपालको सार्वभौमिकतामाथि हाँक दिँदै भारतले एकतर्फी रूपमा ८० किलोमिटर सडक निर्माण गरेको बताइएको छ ।

 

प्रकाशित: २९ वैशाख २०७७ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App