२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चन्द्रागिरिका १० हजार परिवारलाई राहत

काठमाडौँ - चन्द्रागिरी नगरपालिकाले  १० हजार  घरपरिवारलाई राहत वितरण गरेको छ। विश्वव्यापी भएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका १० हजार घरपरिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका १५ वडाका दैनिक मजदुरी गरेर गुजारा चलाउने १० हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिए। राहतका लागि अहिलेसम्म १० हजार ७४५ घरपरिवारले नगरपालिकामा आवेदन दिएपनि अहिलेसम्म १० हजार घरपरिवारलाई राहत वितरण गरिसकेका छौँ, उनले भने। नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ। चन्द्रागिरीले तीन जनाको परिवारसम्मलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ।

यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ। विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसको नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते बिहानदेखि वैशाख ३ गतेसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदुरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ।

चन्द्रागिरी नगरपालिकाले कोभिड–१९ को नियन्त्रण तथा राहतका लागि एक करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। चन्द्रागिरी बागमति प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। उक्त नगरपालिकामा १५ वडा रहेका छन्। रासस

प्रकाशित: २६ चैत्र २०७६ २०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App