२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दैलेखमा १५ हजार ७ सय ४७ जनाको स्वास्थ्य चेकजाँच

दैलेख–सुर्खेत सडक खण्डअन्र्तगत गुराँसे चेकपोष्टमा चेकजाँच गर्दै स्वास्थ्यकर्मी । फाईल तस्विर : गोविन्द केसी / नागरिक

दैलेख – जिल्लमा चैत दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमण नहोस् भन्दै चेकजाँच गरिएको छ। दैलेखमा १५ हजार ७ सय ४७ जनालाई चेकजाँच गरिसकिएको हो। जिल्लाका स्वास्थ्य संस्था, दैलेख सुर्खेत सडक खण्ड तथा कर्णाली राजमार्ग अन्र्तगत रार्कम बजारमा स्वास्थ्यकर्मीले देशभित्र तथा बाहिरबाट आएका ब्यक्तिहरुमा चेकजाँच गरेका हुन्। 

 शनिबारसम्म भारतबाट १४ सय ४९ जना जिल्लामा आएका छन्। उनीहरुमध्ये २ सय २८ जना क्वारेन्टाइनमा बसेका छन्। जसमध्ये २१ जना क्वारेन्टाइनको छोटो बसाईपछि घरमा फर्किएका हुन्। घरमा रहेका ब्यक्तिहरूको पहिचान भईसकेकोले जनप्रतिनिधि मार्फत स्वास्थ्यकर्मीहरुले निगरानी राखेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले बताए। ११ वटा स्थानीय तह रहेको दैलेखमा ८ सय ८८ वटा बेड रहेको ३५ वटा स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ।

 लकलाउनपछि आइसुलेसनमा २ जना रहेका छन्, भने अरु दुई  जनाको नेगेटिभ रिपोर्ट आएकाले घर फिर्ता भएका हुन्। दैलेखमा आइसुलेसनमा वेड संख्या ८७ वटा रहेको छ। जहाँ स्वास्थ्यकर्मी २४ घण्टा खटाईएको छ। स्वास्थ्यकर्मी घरघर पुगेर चेकजाँच गरिरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। जिल्लामा प्रवेश गर्ने तथा जिल्लामा रहेका १५ हजार ७ सय ४७ जनालाई स्वास्थ्य चेक जाँच गरिएको छ। प्रमुख जिल्ला अधिकारी कटेलका अनुसार तथ्याकमा १४ हजार ४९ जना भारतमा जिल्ला आएको पाईएको छ।  

तीन महिनाअघि देखि  जिल्लामा सरोकारवाला सबैलाई परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।  अति विपन्न  तथा गरिबहरूको संख्या पहिचान गरि अपुग हुने खाद्यान्न वितरणका लागि तयारी भईरहेको जनाईएको छ। अहिले भारतबाट आएकाहरुको अवस्था बुझ्न र क्वारेन्टाइनमा राख्नका लागि आवश्यक कदमहरू चालिरहेको प्रमुख जिल्ला अधिकारी कटेलले बताए। ‘मैले सबैलाई जानकारी गराएको छु’, प्रमुख जिल्ला अधिकारी कटेलले भने, ‘विदेशबाट आउनेहरुलाई कारागार कि क्यारेन्टाइन मध्ये एउटा रोज्नुहोस्।’ 

 

प्रकाशित: २२ चैत्र २०७६ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App