२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोभिड–१९ : विपद् कोष स्थापना

गाईघाट - कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाले एक करोड रुपैयाँको कोष स्थापना गरेको छ। 

शुक्रबार बसेको नगरपालिकाको बैठकले सो कोष सञ्चालनमा ल्याउने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए। बैठकले लकडाउनमा गरिब तथा दैनिक ज्यालादारी गर्ने विपन्न समुदायलाई १५ दिनको लागि खाद्यान्न उपलब्ध गराउने पनि निर्णय गरेको छ। यसका लागि नगरका सबै वडामा विपद् व्यवस्थापन समिति गठन गरी ती समुदायको पहिचान गर्ने नगरपालिकाले जनाएको छ। 

नगरपालिकाभित्र क्वारेन्टाइनको क्षमता बढाउने र क्वारेन्टाइनमा रहनेका लागि खानाको व्यवस्था गर्ने उनले जानकारी दिए। नगरभित्र रहका सो भाइरसका सम्भावित बिरामीका लागि तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्न लागिएको जनाइएको छ। 

जिल्लाका विभिन्न आठ वटा स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेका छन्। स्थानीय तहले विदेशबाट फर्किएकालाई राख्न तयार भएका क्वारेन्टाइनमा ६२ र होम क्वारेन्टाइनमा २४५ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए। रासस

प्रकाशित: २२ चैत्र २०७६ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App