२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘लकडाउन’मा खटिएका प्रहरीलाई नागरिक हौसला जुट्दै

दिक्तेलमा लकडाउनमा खटिएका प्रहरीलाई खाजा पानी प्रदान गर्दै निर्माण व्यवसायी । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङमा ‘लकडाउन’का क्रममा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई नागरिक हौसला जुट्नेक्रम जारी छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले मिनरल वाटर, चाउचाउ, फ्रुटी र मास्क प्रदान गरेको छ।

दिक्तेल बजार क्षेत्रमा खटाइएका प्रहरीले उपयोग गर्न पाउनेगरी निर्माण व्यवसायीले मंगलबार जिल्ला प्रहरी कार्यालयमै पुगेर ५० काटुन मिनरल वाटर, ५० काटुन चाउचाउ, फ्रुटी ४० काटन र ७५ थान मास्क प्रदान गरेको हो। ६२ हजार बराबरको लजिस्टीक सामान निर्माण व्यवसायी संघका प्रमुख संरक्षक कुमार आचार्य, संघका अध्यक्ष दिनेश पौडेल लगायतले डिएसपी बामदेव गौतमलाई हस्तान्तरण गरेका छन्।

सक्रिय बचत तथा ऋण सहकारी संस्थाले २० हजार बराबरको पानी, जुस र चाउचाउ प्रदान गरेको तीन दिनपछि निर्माण व्यवसायीले पनि ‘लकडाउन’मा खटिएका सुरक्षाकर्मीको मनोवल बढाउनका लागि खाजा पानी सहयोग गरेको हो। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि ‘लकडाउन’मा खटिएको अवस्थामा घर बाहिर भेटिएका स्थानीयलाई सम्झाई–बुझाई गरिररहेका प्रहरीको हौसला र उत्प्रेरणाका लागि ड्राईफुड र पानी सहयोग गरिएको संघका प्रमुख संरक्षक आचार्यले बताए।

लजिस्टीका सामान जिल्ला प्रहरी कार्यालयमै राख्ने र आवश्यकता अनुसार ड्यूटीमा खटिएका जवानलाई उपलव्ध गराउने गरी प्रदान गरिएको संघले जनाएको छ। ‘ड्यूटीमा खटिएकोबेला भोक र तिर्खा लागे पनि पशल बन्द हुँदा सुरक्षाकर्मीले खाजा पानी खान पाउने अवस्था छैन,’ आचार्यले भने, ‘संकटको यस घडीमा नागरिकको जीवन बचाउमा लागेको सुरक्षाकर्मीलाई उत्प्रेरणा दिनु नागरिकको दायित्व सम्झेर सहयोग गरिएको हो।’

‘लकडाउन’का क्रममा प्रहरीको कार्यमा ऐक्यवद्धता स्वरुप प्राप्त भएको खाद्यवस्तु ‘लकडाउन’को अवधिमा समस्यामा परेका सर्वसाधारणलाई समेत उपलव्ध गराइने डिएसपी गौतमले बताए।

सक्रिय बचत तथा ऋण सहकारीसँगै गत आईतबार बाबा हलेसी बेकरी उद्योगले पनि ‘लकडाउन’काक्रममा खटिएका सुरक्षाकर्मीलाई खाजा सहयोग गरेको थियो। यस्तै, दरुण दलका नेताले दिप्रुङ चुईचुम्मा गाउँपालिकाका बिभिन्न स्थानका हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सोमबार चाउचाउ, बिस्कुट र ड्यू प्रदान गरेको छ।


 

प्रकाशित: १८ चैत्र २०७६ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App