२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सेवा सुचारु

सिन्धुली- लकडाउनमा अवधिमा घरभित्र रहेका नागरिकहरुलाई घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सुचारु भएको छ। उक्त घुम्ती पसल कमलामाई नगरपालिकाले सुचारु गरेको हो। कोरोना भाइरसको त्राससँगै सरकारले लकडाउन घोषणा गरि घरबाहिर नजान अनुरोध गरेपछि दैनिक उपभोग्य सामान नपाएका स्थानीयलाई सुलभ घुम्ती सेवा सुचारु गरि सेवा दिन थालिएको हो।

सदरमुकामस्थित मुख्य बजार क्षेत्र आसपासका बस्ती तथा टोलटोलमा घुम्ती सेवा पुग्ने कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिए।  कमलामाई नगरपालिकाले नगरभित्रका नागरिकलाई सहज र सुलभ मूल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि सुलभ घुम्ती पसल सेवा सुरु गरि आइतबारदेखि सेवा दिन सुरु गरिएको उनले जनाए।

दाल चामल, चिनि, तेल, नुन लगायतका अतिआवश्यक सामान सुलभ घुम्ती सेवामा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। उपभोक्ताहरुले सामान खरिदको बाहनामा बाहिर नागरिकहरु निस्कन थालेपछि नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ती पसल सेवा सुरु गर्ने निर्णय गरि आइतबारदेखि सेवा सुरु गरेको नगरप्रमुख खड्गबहादुर खत्रीले जनाए। घुम्ती पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिइएको नगरपालिकाले जनाएको छ।

नगरक्षेत्र भित्रका घरघरमा आवश्यक अत्यावश्यक खाध्य वस्तुको आपूर्ति व्यवस्था ढुवानी सामग्रीमा हालेर सुलभ घुम्ती पसल सेवाको रुपमा उध्योग वाणीज्य संघ सिन्धुलीले व्यवस्थापन गर्ने  गरि सञ्चालनमा ल्याइएको हो, आवश्यक मात्रामा मात्रै खरिद गर्नुहुन अनुरोध गर्दछौ, नगरप्रमुख खत्रीले भने साथै कुनैपनि वहानामा र कुनैपनि समय बाहिर निस्कने, संगसगै हिड्ने तथा जमघट वढाउनेलाई हदैसम्मको कारवाही गर्ने निर्णय समेत भएको छ।  

सिन्धुली अस्पतालमा १४ वटा आइसोलेसन बेड बनाउने र एपोलो अस्पतालमा थप आइसोलेसन वेड तयार गर्ने कमलामाई नगरपालिकाले निर्णय गरेको छ। हाल अस्पतालमा ३ वटा बेड सञ्चालनमा रहेको र कमलामाई नगरपालिका वडा नं. ६ राम्माडीमा रहेको मोडर्न एपोलो अस्पतालमा १५ वेडको आइसोलेसन बनाउन सकिने भएकाले आइसोलेसन थप गर्ने नगरपालिकाले निर्णय गरेको छ।

प्रकाशित: १७ चैत्र २०७६ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App