२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्रीद्वारा कामदारलाई राहत दिने घोषणा

नयाँदिल्ली – भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गरेका छन्।

सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उनले  बताए । राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ। सामाजिक सन्जाल ट्वीटरमा उनले लेखेका छन्, कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु। समस्याबाट चिन्ता लिन र भाग्न पर्दैन। प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छौ त्यही बस्न र कतै नजान आग्रह गरेको पनि उनले स्मरण गराएका छन्। 

प्रधानमन्त्री मोदीको आग्रहलाई दोहोर्‍याउँदै मुख्यमन्त्री केजरीवालले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन आह्वान गरेका छन्। बाहिर हिँड्दा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरातर्फ पनि उहाँले ध्यानाकर्षण गराएका छन्। उनले भने, तपाइँहरु हिँड्नुभयो र भिड गर्नुभयो भने कोरोना विरुद्धको लडाइँ झन कठिन हुनेछ, त्यसैले घरमै बसेर सहयोग गर्नुहोला तपाइँलाई चाहिएका सबै सेवा र सामग्री हामी घरघरमै अवश्य ल्याइदिनेछौ। कामदारहरु गाउँ नर्फकिउन् भन्ने सरकारको चाहना रहेको पनि मुख्यमन्त्री केजरीवालको भनाइ छ।  एएनआई

प्रकाशित: १६ चैत्र २०७६ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App