२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

शनिबारदेखि चैत मसान्तसम्म मनकामना केबलकार बन्द

काठमाडौं – मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ।  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९) को जोखिम नियन्त्रणका लागि बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए ।

शनिबारदेखि चैत मसान्तसम्म लागू हुने गरि बन्द गर्ने निर्णय गरिएको प्रालिका कार्यकारी श्रेष्ठले बताए । 

‘अहिले विश्वभर कारोना भाइरस महामारीको  रुपमा फैलिएको अवस्थामा नाफा मात्रै नहेरी सावाधानी अपानाएको हौं’,  श्रेष्ठले भने, ‘गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं संख्याले  केबलकारको प्रयोग गर्नुका साथै मन्दिरमा पनि भिड लाग्ने गर्छ । त्यसैले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि चैत मसान्तसम्म बन्द गरिहएको हो ।’

सरकारले भाइरसको जोखिम कम गर्न सभा, भोजभतेर, समारोहलगायत धेरै जना मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। 

 

प्रकाशित: ६ चैत्र २०७६ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App