२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा, विश्वभर ज्यान गुमाउनेकाे संख्या साढे पाँच हजार नजिक

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  राष्ट्रिय आपतकाल घोषणा गरिएको जानकारी दिएका हुन्। तर, आपतकाल कति दिनसम्म लागू हुने भन्ने बारे भने केही खुलाइएको छैन।

 संकटकाल घोषणासँगै अमेरिकी सरकार अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ।  साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ। पत्रकार सम्मेलनमा ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे।

अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिए। अमेरिकाले यसअघि युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ। विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो।

विश्वभर मृत्यु हुनेको संख्या साढे पाँच हजार नजिक
चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ५ हजार ४ सय ३६ पुगेको छ। इटालीमा थप २ सय ५० जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या १२ सय ६६ पुगेको छ।

चीनपछि सबैभन्दा बढी यसको प्रकोप इटालीमा देखिएको छ। विश्वभर संक्रमितको संख्या डेढ लाख नजकि छ भने ७० हजार बढी उपचारपछि घर फर्किएका छन्।

प्रकाशित: १ चैत्र २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App