२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी कार्यालयबाट मोटरसाइकल गायव

लहान–प्रहरी कार्यालय सुरक्षाको हिसावले अत्यन्त सुरक्षित स्थान। यही कार्यालयबाट मोटरसाइकल गायव भयो भन्दा पत्यार नलाग्न सक्छ। तर, इलाका प्रहरी कार्यालयबाट दुर्घटना केसको मोटरसाइकल गायव भएको छ। सप्तरी भुतही ३ का श्रवण यादव धनी रहेको स६प ३७०६ नम्बरको सुपर स्पेलन्डर मोटरसाइकल जेठ १८ गते लहान ठाढी सडक खण्डमा एकजना बृद्धलाई ठक्कर दिएको थियो। प्रहरीले यो मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राख्यो।

घाइतेको उपचारपछि दुवै पक्षबीच मिलापत्र भएर असार ५ गते मोटरसाइकल धनी यादव लहान प्रहरीमा मोटरसाइकल बुझ्न आउँदा उनको मोटरसाइकल फेला परेन। प्रहरीले उनलाई भोलिपल्ट आउन भन्यो। श्रवण भन्छन, ‘भोलिपल्ट जाँदा मेरो मोटरसाइकल प्रहरी कार्यालयबाट गायव भएको जानकारी पाएँ।’ यो घटनाले उनी चित खाए।

उनी आफ्ना नातेदार ओम यादवको साथ पटक पटक इलाका प्रहरी पुगेर मोटरसाइकल बुझ्न जाँदा हालसम्म सो मोटरसाइकल फेला परेको छैन्। प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल प्रहरी कार्यालयबाटै कसरी गायव भयो ? यो प्रश्नको जवाफ उनले पाएका छैनन्।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले भने,‘साँचोसहित मोटरसाइकल गायव भएको छ।’  यस बारे अनुसन्धान गरेरमात्र केही भन्नसक्ने उनले जनाए।    दुई सात्ता अगाडि लहान १ बाट सुरेश यादव धनी रहेको   स३प ८१७९ नम्बरको मोटरसाइकल चोरी भयो। डेराबाटै चोरी भएको मोटरसाइकल खोजीका लागि उनले प्रहरीमा निवेदन दिए। तर, हालसम्म प्रहरीले मोटरसाइकल र चोर बारे सुइँको पाउन सकेको छैन् ।

आइतवार राती लहान ८ स्थित दुई नम्बर सडक खण्डको सनराइज होटलबाट आभाष यादव धनी रहेको को २४ प १६४७ नम्बरको मोटरसाईकल चोरी भयो। इलाका प्रहरी कार्यालय लहानबाट ५० मिटर उत्तरबाट भएको उतm मोटरसाइकल चोरीबारे आभाष तत्काल प्रहरीलाई जानकारी गराए । तर, प्रहरीले यो मोटरसाइकल चोरीबारे अहिलेसम्म सुराक हात पार्न सकेको छैन्।

 

प्रकाशित: २० असार २०७३ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App