२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब छिट्टै नेपाल हिन्दुराज्य बन्छः राज्यमन्त्री बानियाँ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताले चाहेको खण्डमा नेपाल हिन्दुराज्य घोषणा हुने बताएका छन्।

राज्यमन्त्री बानियाँले जनआन्दोलन ताका धर्मको बारेमा कुनै आवाज नउठेको र संविधानमा धर्म निरपेक्षता समावेश गरिएको बिषयमा जनताको आवाज उठ्ने थालेको भन्दै यदि जनताले हिन्दुराज्यको माग गरेको खण्डमा संविधान संशोधन गरेर हिन्दु राज्य कायम गर्न सकिने बताएका हुन्।

रिपोर्टर्स क्लबमा बिहीबार विश्व हिन्दु परिषद् नेपाल धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बानियाँले भने, ‘हिजो जनताले चाहेर नै राजतन्त्रको अन्त्य भयो, जन–आन्दोलनमार्फत गणतन्त्र आयो भने नेपाललाई जनताले हिन्दु राज्य नै चाहिन्छ भनेको खण्डमा असम्भव हुने कुरै भएन।’

पर्यटन विकासको सन्दर्भमा नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश भएको भन्दै हवाईमार्गको विकास गर्नसके बर्षमा ५ करोड बढि पर्यटक नेपाल भ्रमणमा आउने उनले विश्वास व्यक्त गरे। बानियाँले अघि थपे, ‘विश्व हिन्दु परिषद्ले गर्न लागेको महापुराण ज्ञान महायज्ञले नेपालको धर्म संस्कृतिको बिकासमा टेवा पुर्याउनेमाम विश्वस्त छु, पशुपतिनाथ, लुम्बिनि, मुक्तिनाथजस्ता धार्मिक महत्व बोकेका धार्मिक पर्यटकीय स्थलको बिकास र विस्तारको लागि सबै भन्दा पहिले पोखरा, निजगढ, भैरवा लगायतका अन्र्तराष्ट्रिय बिमानस्थलको चाँडो निमार्णको काम अघि बढ्छ ।’

संविधान संशोधन र कार्यन्वयनको सन्दर्भमा सरकारले तत्काल चुनावको मिति घोषणा गरेर जनतालाई स्थायी सरकार छान्ने बातावरण सिर्जना गर्नको लागि सरकार लागि परिरहेको बताउँदै उनले भने, ‘अब तत्काल संविधान संशोधन बिद्येयक पारित हुन्छ, मुलुकले निकास पाउँछ।’

कार्यक्रममा परिषद्का अध्यक्ष देवराज अधिकारीले राजनीति अस्थायी पाटो भएको भन्दै धर्म पहिचान र देश बचाउने कर्ममा लाग्न सबैलाई आग्रह गरे। उनले भने, ‘राजनीति अस्थायी मात्रै हो, धर्म भनेको समाज र देशको पहिचान हो, यो स्थायी हुन्छ, राजनीति मर्न सक्छ, धर्म पहिचान हो, यो अमर हुन्छ ।’

अध्यक्ष अधिकारीले यही फाल्गुण १७ गतेदेखि चैत्र ६ गतेसम्म चल्ले महायज्ञमा सामेल भएर २१ हजार १ सय ११ रुपैयाँ दान गर्ने व्यक्ति संकल्पकर्ता हुने बताए।

ज्ञान महायज्ञमा सम्पूर्ण धर्मका गुरुवर्गले प्रवचन दिने जानकारी आयोजकले दिएको छ।

प्रकाशित: २१ पुस २०७३ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App