५ वैशाख २०८१ बुधबार
खेल

शंकरनगरलाई एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेटकाे उपाधि

उपाधिसँगै विजेता शंकरनगर क्रिकेट क्लबसहित अतिथीहरु ।

भैरहवा- भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ।

होस्ट टिम राइनोज क्रिकेट क्लब काठमाडौलाई २६ रनले पराजित गर्दै शंकरनगर क्रिकेट क्लबले उपाधि जितेको हो। टस हरेर पहिला व्याटिङ पाएको शंकरनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। १७८ रनको लक्ष्य पाएको राइनोजले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै लक्ष्यसम्म पुग्न नसकेपछि उपविजेतामा चित्त बुझाउन पर्‍यो। जितका लागि शंकरनगरका शंकर रानाले सार्वधिक ७६, तुलबहादुर थापाले २५ र सन्दिप सुनारले २२ रनको योग्दान गरे। बलिङतर्फ राइनोजका सूर्य तामाङले २, रमेश कुर्मी, रोहितकुमार पौडेल, कमल सिंह एैरीले १÷१ विकेट लिए।

जवाफमा खेलेको राइनोजका रोहितकुमार पौडेलले ७५, धिरज शाही २१ र गजेन्द्र बोहराले १७ रनको योगदान गरेपनि टिमले जित हात पार्न सकेन। बलिङ तर्फ शंकरनगरका अनिल खरेलले ३, दुर्गेश गुप्ता, सन्दिप सुनार साहब आलम, बिक्रम भुसाल र सुरज दरईले १–१ विकेट लिए।

फाइनल खेलमा शंकरनगरका शंकर राना म्यान अफ द फाइनल भए। विजेता शंकरनगरले ३ लाख नगदसहित ट्रफी प्राप्त गरेको छ। विजेता र उपविजेतालाई प्रदेश सभा सदस्य सन्तोस पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल तथा पदाधिकारीहरुले पुरस्कृत गरेका थिए। यस्तै प्रतियोगितामा पेस्ट बलर शंकरनगर क्रिकेट क्लबका विक्रम भुसाल, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट व्याट्सम्यान अर्सक ग्लोबल स्पोटर्सका अलि समद, उदियमान खेलाडी शंकरनगरकै सौरभ खनाललाई पनि पुरस्कृत गरिएको थियो।

भैरहवा क्विन्स प्रालिको आयोजना र राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बाङ्लादेश र पाकिस्तानका ८ वटा व्यवसायिक क्लबले प्रतिस्पर्धा गरेका थिए, सेमिफाइनल खेलमा हार व्योहोरेपछि सबै विदेशी टिम प्रतियोगिताबाट बाहिरीएका थिए।
 

प्रकाशित: २२ फाल्गुन २०७६ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App