२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

'हिजो आजका कुरा' को पहिलो गीत सार्वजनिक, अभिनयमा देखिए दर्जन बढी कलाकार

काठमाडौं - एक समयको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाम सापटी लिएर निर्माण भइरहेको फिल्म हो ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको ‘ए जदौ माया जदौ’बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो। जसमा दर्जन बढी चर्चित कलाकारले कम्बर मर्काएका छन्।

गीतमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्वय जीतु नेपाल, केदार घिमिरे, नायिका नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री गौरी मल्ल, निर्देशक दिनेश डीसीसँगै फिल्मका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मालगायतले नृत्य गरेका छन्।

दीपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा रामकृष्ण ढकाल र मेलिना राईले स्वर दिएका छन्। यो गीतको भिडियोमा कविराज गहतराको कोरियोग्राफी छ। फिल्म 'हिजो आजका कुरा' बैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App