लुम्बिनी– नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भारलाई निरन्तरता दिइने सहमति भएको छ।
साेमबार भैरहवामा बसेको नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीको फिल्ड सर्भे टिमको बैठकले आर्थिक वर्ष २०७१/०७२ देखि सुरु गरिएको नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो।
बैठकमा नेपालको तर्फबाट रुपन्देही, कपिलवस्तु र दाङ गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र भारतको महाराजगन्ज, सिद्धार्थनगर र बलरामपुर गरी तीन जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटहरु (प्रमुख जिल्ला अधिकारी) बीच नेपाल र भारतका तीन जिल्लाको सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिने सहमति भएको नापी विभागका प्रमुख एवम् नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर–३ का प्रमुख निर्मलकुमार आचार्यले जानकारी दिए।
नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर–३ अन्तर्गत नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन् । यस टोलीमा यी चारवटा जिल्लामा पर्ने सीमा स्तम्भहरुको सर्भेक्षण गरी आवश्यकताअनुसार मर्मत सम्भार कार्य गरिँदै आएको छ।
चार जिल्लाअन्तर्गत नेपाल र भारतको सीमामा एक हजार ३२ वटा सीमा स्तम्भहरु रहेका छन् जसमध्ये गत दुई वर्षमा तीनसय सीमा स्तम्भ मर्मत सम्भार गरिएको छ । टोली नम्बर –३ का प्रमुख आचार्यले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बाँकी स्तम्भहरुको यस वर्ष पनि मर्मत सम्भार कार्य जारी राखिने बताए।
गत वर्ष नवलपरासीमा पर्ने १६ वटा सीमा स्तम्भको सर्भेक्षण गरी मर्मत सम्भार कार्य सकिएको थियो।
उनले यस वर्ष रुपन्देहीमा नदीमा पर्ने स्तम्भ, कपिलवस्तु र भारतको बलरामपुर जिल्लामा पर्ने पिलर नम्बर–५७६ र यसबाट पश्चिमतर्फ रहेको पिलर नम्बर–६१५ सम्म पिलरको सर्वेक्षण, मर्मत सम्भार र निर्माणलगायतका कार्य गर्ने बैठकमा सहमति भएको बताए।
बैठकमा दुवै देशका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, वन कार्यालय, नापी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत