२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, सात जना घाइते

वीरेन्द्रनगर- सल्यानबाट बुटवल जाँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको छ। उक्त दुर्घटनामा सल्यानस्थित नेपाली सेनाको सबुज गणका मेजर ईश्वर सिलवालसहित सात जना घाइते भएका छन्।

उनीहरूको उपचारका लागि दाङ लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए।

 

प्रकाशित: २९ माघ २०७६ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App