बुटवल उपमहानगरपालिकाको अभियान, ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य परीक्षण घरमै

बिहिबार, २३ माघ २०७६, ११ : ४५ नागरिक

बुटवल - बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक  प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि  सेवाग्राहीको आकर्षण बढेको छ। बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहेका छन्।  स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपछि नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

केन्द्रबाट मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरिएको उनले बताए।  आर्थिक वर्ष २०७४/७५ मा केन्द्रबाट २१ हजार ४७३  र आव २०७५/७६ मा १० हजारभन्दा धेरैले बहिरङ्ग सेवा  लिएको जनाइएको छ। यस्तै स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ।  आव २०७४/७५ मा चार हजार ७०४ ले सेवा लिएकोमा गत आव ०७५/७६ मा वृद्धि भई नौ हजार ५९० सेवाग्राही पुगेको तथ्याङ्क रहेको छ।

उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ। नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण शीर्षकमा शुरु भएको सो कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३३२ ज्येष्ठ नागरिकले सेवा लिएका छन्। यस्तै पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ। गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ। सो कार्यक्रमअन्तर्गत आव २०७५/७६ मा ७२० लाभान्वित भएका छन्। आव २०७४/७५ मा ७७० ले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/७६ मा एक हजार ३१३ ले सेवा लिएका छन्।

सो कार्यक्रमको प्रभावकारिता र सेवा प्राप्त गरेकाको अवस्था बुझ्न उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न पग्ने गरेकी छिन्। उनले केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको जानकारी गराइन। चारपटक गर्भजाँच गर्नेको सङ्ख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा यस वर्ष ३२ प्रतिशतले वृद्धि भई ५२३ पुगिसकेको छ। सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए। उनले स्वास्थ्य केन्द्रमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने जानकारी दिए।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad