२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घरजग्गा व्यवसायीलाई कित्ताकाँट अझै झन्झटिलो

काठमाडौं – घरजग्गा व्यवसायीले कानुनको परिधिभित्र रहेर घरजग्गा कारोबार गर्ने व्यवसायीलाई जग्गाको कित्ताकाँट प्रक्रिया अझै झन्झटिलो रहेको व्यवसायीले गुनासो गरेका छन्।

आगामी वैशाखमा आयोजना गर्न लागिएको ‘आठौं घरजग्गा मेला’बारे जानकारी दिन नेपाल जग्गा तथा आवास विकास संघले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष मीनमान श्रेष्ठले सम्बन्धित निकायमा दर्ता भएर विधिवत् घरजग्गा कारोबार गरिहेका व्यवसायीका लागि अझै कित्ताकाँट नखुलेको गुनासो गरे। कित्ताकाँट खुलेको भनिएपनि हाम्रा लागि खुलेको छैन, यसबाट गैरकानुनी कित्ताकाँट गर्नेलाई मात्रै फाइदा भएको छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने,‘विधिवत दर्ता भएर कारोबार गरिरहेका व्यवसायीलाई कित्ताकाँटको स्वीकृति लिन डेढ वर्षसम्म लाग्छ। त्यसलाई कसरी कित्ताकाँट खुलेको भन्ने ?

गैरकानुनी ढंगले कित्ताकाँट गर्नेको काम तुरुन्तै हुने पनि उनले गुनासो गरे। राज्यलाई कर तिरेर कारोबार गरिरहेका व्यवसायीका लागि जग्गाको कित्ताकाँट झन्झटिलो बनाएको सरकारले गैरकानुनी रुपमा बढ्दै गएको कित्ताकाँट रोक्न नसकेको श्रेष्ठको गुनासो छ। संघले आगामी वैशाख ४ देखि ७गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेलागर्न लागेको हो। उक्त मेलामा प्रदर्शक, विज्ञापनदाता, दर्शक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने संघको अपेक्षा छ। संघले हरेक वर्ष मेला आयोजना गर्दै आएको जनाउँदै यसपटकको मेलामा एक लाखभन्दा बढी दर्शकले आउने अपेक्षा गरेको जानकारी दिएको छ।

अध्यक्ष श्रेष्ठले रियल स्टेट व्यवसायले मुलुकको कुल उत्पादनमा १२ प्रतिशत योगदान र सर्वसाधारणलाई सुरक्षित आवास दिएको बताए। दर्ता भएका रियल स्टेट व्यवसायीले घरजग्गा व्यवसायको तीनप्रतिशत हिस्सा ओगटेको र बाँकी गैरव्यवसायीमार्फत काम हुँदै आएको पनि उनले बताए। यो व्यवसायले कम्तीमा दुई लाख ४० हजारलाई रोजगारी दिएको श्रैष्ठको दाबी छ। ‘त्यसैले हाम्रो योगदानलाई सकारात्मक रुपमा मूल्यांकन गर्दै सरकारले कामगर्ने वातावरण बनाउन सहयोग गर्नुपर्छ,’उनले भने। भूकम्पपछि शिथिलभएको घरजग्गा व्यवसायले अहिले गतिलिएको संघको भनाइ छ।

मेला संयोजक विदुर धमलाले माइस इन्टरनेसनल सर्भिस प्रालि तथा सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालिको संयुक्त व्यवस्थापनमा मेला हुने बताए। प्रचलित कानुन र नीति बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकास तथा सहरीकरणमा योगदान गरिरहेका व्यवसायी र उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीले आफ्नो उत्पादन उपभोक्तामाझ पु-याउन तथा उपभोक्ताले रियल स्टेट व्यवसायको यथार्थ स्थिति,सही छनोट र समुचित मूल्यबारे जानकारी लिन सक्ने उनले बताए। धमलाका अनुसार यसपटकको मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायत स्वदेशी/विदेशी प्रदर्शकका साथै बैंक रबिमा कम्पनीसमेत सहभागी हुनेछन्।

मेलामा भवन तथा संयुक्त आवास र जग्गाविकास सम्बन्धी आयोजनाका उत्पादन, विद्युतीय सरसामान, फर्निचर,पाइप, सेनिटरीवेयर्स फिटिङ, पेन्ट, सेरामिक, सिसा, काठ, ढुंगा, आइरन, स्टिल, सिमेन्ट, सजावटका सामान, तथा वास्तुकला, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, रियल स्टेट एजेन्ट, निर्माण सामग्रीका उत्पादन, आपूर्ति र वितरणमा संलग्न व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन्। मेला घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, घर–जग्गा खरिदकर्ता, लगानीकर्ता,उपभोक्ता, रियल स्टेट एजेन्ट, ब्रोकर, इन्जिनियर, आर्किटेक्चर, सहरी योजनाकार, इन्टेरियर तथा रिनोभेसन डिजाइनर्स,निर्माण सामग्री एवं उपकरण बिक्रेता/आपूर्तिकर्ता, प्लम्बर, इलेक्ट्रिसियन लगायत अन्य सेवाप्रदायक संस्थाका लागि पनि साझामञ्च बन्ने धमलाले बताए।

मेला उपभोक्ताको रुची र छनोटको आधारमा समुचित मूल्यमा घरघडेरी तथा आवास उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ, अनुमान योग्य तथा व्यवस्थित बनाउन निकै उपयोगी हुने संघको दाबी छ। यो मेलाले सर्वसाधारणमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समाधानका उपायसहित यस क्षेत्रका भावी अवसरका विषयमा जानकारी उपलब्ध गराई यस व्यवसायलाई समयसाक्षेप विकास एवं विस्तार गर्न थप योगदान पु-याउने अपेक्षा गरेको संघले जनाएको छ। यस मेलाले व्यवस्थित आवास तथा घरघडेरीको विकासमा नयाँ आयाम र ऊर्जाको सिर्जना गरी आधुनिक, दिगो र व्यवस्थित बस्ती एवं सहरीकरणको विकासमा समेत थप योगदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त रहेकाछौं,’ संघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ माघ २०७६ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App