२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

वेलिंटन (एएफपी) – न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्।

प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिनाअघि नै चुनाव गर्ने मिति घोषणा गरेकी हुन्। अब न्युजिल्यान्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ। प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी गरिन्।

चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले मेरो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्युजिल्यान्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताइन्। अन्तर्राष्ट्रियरूपमा पनि निकै चर्चित प्रधानमन्त्री आर्डनले क्राइस्टचर्चमा भएको हत्या र ह्वाइट भोल्कानोमा भएको दुःखद घटनालाई संवेदनशीलरूपमा सम्हाल्न सफल भएकी थिइन्।

विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता कायमै रहे पनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिएकी थिइन्।
सरकारको महत्वाकांक्षी किवीबिल्ड परियोजना आशातितरूपमा अघि बढ्न नसकेपछि उनको चर्को आलोचना भइरहेको छ। यस योजनाबमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष्य पूरा हुन सकेको छैन।

प्रकाशित: १५ माघ २०७६ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App