२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

बुद्ध स्पोटर्स क्लब ३ विकेटले विजयी

म्यान अफ द म्याच विपिन खत्रीलाई पुरस्कृत गर्दै श्री इन्भेष्टमेन्ट फाइनान्सका सिइओ खिमबहादुर खत्री ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको शनिबार सम्पन्न खेलमा बुद्ध स्पोटर्स क्लब विजयी भएको छ। शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बुद्ध स्पोटर्स क्लब विजयी भएको हो।

टस जितेर ब्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले ३४ ओभरमा अलआट हुँदै १४३ रन बनाएको थियो। १४४ रनको लक्ष्य पाएको बुद्धले ३४ दशमलव ४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्यमा पुग्यो।

जितका लागि बुद्धका विपिन खत्रीले सार्वधिक नटआउट ४४ रनको योग्दान गरे। ५१ वलमा ४ चौका र १ छक्काको प्रहार गर्दै खत्रीले सो रन बनाए। त्यस्तै सलिम अलिले नटआउट १७ र अमित अग्रहरीले १६ रन बनाए। बलिङ तर्फ शंकरनगरका अखिलेश यादवले ३, कमल ओलीले २, केशव पौडेल र सन्तोस खत्रीले १ /१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेका शंकरनगरका अखिलेश यादवले ३६, उत्तम थापाले २९ र नितेश थापाले ले १७ रन बनाए पनि जित हात पार्न सफल भएनन्। बलिङ तर्फ बुद्धका रुपेश कुर्मीले ४, दिपेन खत्री र रिजन प्रजुले २–२ विकेट लिए भने सुरज गुरुङ र प्रवेज अन्सारीले १–१ विकेट लिए।

मौसम प्रतिकुलका कारण ४३ ओभरमा भएको शनिबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच भए। उनलार्ई श्री इन्भेष्टमेन्ट फाइनान्सका सिइओ खिमबहादुर खत्रीले नगद एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।

आइतबारको खेल समूह डी अन्तर्गतको मेलवर्न क्रिकेट क्लब एमसीसी भैरहवा र बुटवल ११ क्रिकेट क्लब बुटवलबीच बिहान ८ बजेर ३० बजे सिद्धार्थ रंगशालामा सुरु हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको रुपन्देही प्रिमियर लिगमा २० क्लब प्रतिस्पर्धी रहेका छन्। १२ क्लबबीच लिग चरणको खेल भइरहेको रुपन्देही क्रिकेट संघले जनाएको छ।

विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई १५ हजार, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार पाउने छन भने म्यान अफ द म्याचले १ हजार पाउने छन्।

 

प्रकाशित: ११ माघ २०७६ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App