२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

सौराहामा हात्ती महोत्सवको रौनक

चितवन- पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार देखि चितवन हात्ती महोत्सवको सुरु भएको छ।

पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ।

सोमबार बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्‍यालीले सौराहाको परिक्रमा गरेको छ।

र्‍यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।

नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो।

यसवर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शङ्कर सैँजुले जानकारी दिए।

हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन्।

महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिए।

महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको महोत्सव संयोजक दीपक भट्टराईले बताए।

बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ। रासस

सबै तस्बिरहरु: प्रबिन कोइराला/ नागरिक

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App