२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र बेल्जियमकी राजकुमारी एस्त्रिदबीच भेटवार्ता भएको छ। आइतबार नेपाल भ्रमणमा आएकी एस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो। राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आएकी हुन्। यसअघि उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरेकी छन्। नेपाल बसाईका क्रममा उनले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका विरामीलाई भेट्नेछन्। यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ। आइतबार राजकुमारी एस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका थिए।

प्रकाशित: ७ माघ २०७६ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App