२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटनामा ३ जनाको मृत्यु

दाङ–दाङमा बिहीबार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन् । घोराहीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७७६ नम्बरको बस घोराही लमही सडक खण्डको मसोट खोला भन्ने स्थानमा पल्टिएको हो।

दुर्घटनामा परी रुकुम घर भइ हाल दाङ सौडीयारमा– ६ मा बस्दै आएका ६० वर्षीय चित्रबहादुर श्रेष्ठ, प्युठान स्र्वद्वारी– ६ का ३९ वर्षीया वेहोरी बिक र लमहीका कृष्णबहादुर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माले जानकारी दिए। उनका अनुसार श्रेष्ठ र बिकको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा र शाहको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त सडक खण्डमा पर्ने मसोट खोला नजिकैको ठूलो घुम्तीबाट बस पचास मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि कोहलपुर र बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित: ७ पुस २०७३ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App