२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लरी आक्रमणको जिम्मा आइएसले लियो

बर्लिन–जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको ट्रक आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मा लिएको छ ।  आइएस आतङ्ककारी समूहले आफ्ना एक लडाकुमार्फत सो आक्रमण गराएको जानकारी दिएको छ ।

आइएसले आफ्नो समूहविरुद्ध सैन्य कारबाहीमा संलग्न गठबन्धन देशका नागरिकहरु लक्षित आक्रमण गर्ने आफ्नो प्रतिवद्धता स्वरुप सो आक्रमण भएको बताएको छ ।      क्रिसमसको लागि बजार लागिरहेको स्थानमा लरी लगेर जोत्दा कम्तीमा  १२ व्यक्तिको मृत्यु भएको थियो । बर्लिनको मुटु मानिने यस स्थानमा भएको आक्रमणमा परी अन्य ५० जना घाइते भएका थिए ।  

 उक्त ट्रक आक्रमण कैसेर विल्हेल्म मेमोरिएल चर्चको बाहिरी इलाकामा रहेको प्र्ख्यात् क्रिसमस बजारमा भएको थियो ।    क्रिसमसको पूर्व सन्ध्यामा बनाइने परम्परागत मनोरञ्जनको रुपमा पर्यटक र स्थानीय बासिन्दाहरुले आनन्द लिइरहको बेला सो आक्रमण भएको  थियो  ।     यसअघि पनि  आइएस आतङककारी समूहले     गत जुलाई १४ मा दक्षिणी फ्रान्सको निस सहरमा राष्ट्रिय दिवसको लागि जम्मा भएको समूहलाई लक्षित यसरी नैे एक ट्रकले जोत्दा कम्तीमा ८६ व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित: ७ पुस २०७३ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App