२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भ्रमण वर्षभर प्रदेश ५ मा २० प्रतिशत छुट

काठमाडौं - भ्रमण वर्ष २०२० को अवसरमाप्रदेश नम्बर ५ पुग्ने आन्तरिक र बाह्यपर्यटकले बसाइमा २० प्रतिशत छुट पाउने भएका छन्। प्रदेश नम्बर ५ को पर्यटन प्रवद्र्धन समितिको सचिवालयले गरेको निर्णयअनुसार उक्तप्रदेशका १२ वटै जिल्लामापुग्ने सबै पर्यटकले यस्तो छुट पाउने व्यवस्थामिलाइएको हो।

सचिवालय सदस्यभास्कर काफ्लेकाअनुसार भ्रमण वर्ष २०२०मा नेपालआउने पर्यटकमध्ये १० प्रतिशतलाईप्रदेश नम्बर ५ मा पु-याउने लक्ष्य राखिएको छ। हाल नेपालआउने पर्यटकमध्ये पाँचप्रतिशतमात्रै उक्तप्रदेश पुग्ने गरेको तथ्यांकले देखाउँछ।

हालप्रदेश ५ मातारे, साना–ठूला तथापर्यटकस्तरीय गरीकरिब १२ हजार होटल सञ्चालनमाछन्।तीहोटलमा पर्यटकले बस्दा उक्त छुट पाउने छन्। आन्तरिक तथाबाह्यपर्यटकको बसाइलामो बनाउनजारी योजनाले टेवापुग्ने काफ्लेकोे भनाइ छ। २० प्रतिशत छुट दिने निर्णय जनवरी १ देखि लागू भएको समेत उनले जानकारी दिए।

त्यसै, प्रदेश नम्बर ५ को पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पर्ने होटलमा यात्रुलाई कसरी गुणस्तरीय खानाखुवाउन सकिन्छ भने एकनारायण चापागाईंको संयोजकत्वमा समिति गठन गरिएको काफ्लले जानकारी दिए। भ्रमण वर्षकोअवसर पारेर नेपालआउने पर्यटकमध्ये न्यून संख्यामामात्रै पर्यटक पश्चिम नेपालपुग्ने गरेको काफ्लेकोे भनाइ छ। ‘भारतसँगको सीमा नाकाबाट नेपालआउने पर्यटकबाहेक हवाई मार्गबाट काठमाडौं आएकापर्यटक पोखरा, चितवनवा अन्नपूर्ण पदमार्ग मात्रै धुमेर फर्कने गरेका छन्,’ उनले भने, ‘प्रदेश नम्बर ५ मापनिथुप्रै पर्यटकीय गन्तव्य रहेकाले त्यसतर्फ आकर्षित गर्न विशेष छुटदिने निणर्य गरेकाहौं।’

मानसरोवर जाने पर्यटक समेत नेपालगन्जभएर जाने भएकाले प्रदेशमापर्यटकको गतिविधिउल्लेख्य हुने थुप्रै सम्भावना रहेको उनको भनाइछ। ‘धार्मिक तथाविभिन्नअध्ययनगर्नआउने पर्यटकको लागिप्रदेश नम्बर ५खुलाकिताबहो,’उनले भने।

हिमाल, पहाड र तराईको भू–बनोट रहेकाले प्रदेश अन्तर्गतका हरेक जिल्लाकाआफ्नै विशेषता रहेको समेत उनको भनाइ छ। प्रदेश नम्बर ५ अन्तर्गतको बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटन तथाजंगल सफारीकालागिविशेष गन्तव्य रहेको उनले बताए। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज विशेषगरी पाटेबाघ, हात्ती, गैंडा, संरक्षित कृष्णसार र गोहीकालागि परिचित रहेकालै जैविकपर्यटकको पनित्यत्ति नै सम्भावनाबोकेको प्रदेशको रुपमाविकास गर्न जारी छुट योजनाले पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्तगरिएको छ।

‘निकुञ्ज क्षेत्रमाचार सय ५० थरी रैथाने र बसाइँ सरी आउने चरापाइने भएकाले संसारमालोप अवस्थामा रहेका चरासमेत पर्यटकको आकर्षण बन्न सक्नेछन्,’ उनले भने। पर्यटन क्षेत्र, उद्योग व्यवसाय र कृषिबाटै यो प्रदेशलाई उल्लेख्य प्रगतिगर्न सक्ने सम्भावनाभएको समेत उनको भनाइछ। उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमाअब्बल यो प्रदेश मुलुककै समृद्धिको लागिमार्गचित्रबन्न सक्ने सम्भावना रहेको र पर्यटन उद्योगबाटै रोजगारीकाअवसर सिर्जनाहुन सक्ने उनको दाबी छ।

लुम्बिनी, तिलौराकोट, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, बाह्रकुने दह, जुंगे महादेव, सिस्ने हिमाल, पाल्पाको रानीमहल,सुपादेउराली,स्वर्गद्वारी, बागेश्वरी तथाजनयुद्धको उद्गममानिने रोल्पा– रुकुमकागाउँहरु प्रदेश ५ काप्रमुखपर्यटकीय क्षेत्र हुन्।

बौद्धधर्मावलम्बीको आस्थाको केन्द्र भएकाले पनिबौद्धमार्गी पर्यटकलाई आकर्षित गर्न जारी छुटबाट टेवापुग्ने विश्वास लिइएको छ।कर्णालीप्रदेश तथा सुदूरपश्चिमप्रदेशका अनेकौं पर्यटकीय गन्तव्यसम्मपुग्ने सडक सञ्जालसँगजोडिएकाले उक्तप्रदेशसम्मपुग्ने पर्यटकीय ढोकाको रुपमा समेत प्रदेशलाई अघि बढाउनुपर्नेमाउनको जोड छ।

सरकारले सन् २०२० मा २० लाखपर्यटक भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्षआयोजना गरेको छ। सबै प्रदेशसहितसंघीय राजधानीमाजनवरी १ माउद्घाटन गरिएको भ्रमण वर्षमा सहयोग पु¥याउनचार उपमहानगरपालिका ३२ नगरपालिका र ७४ गाउँपालिका समेत कुल एक सय १० स्थानीयतह रहेको प्रदेश नम्बर ५ सरकालकोनीतितथाकार्यक्रममार्फत लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माण गर्न सकिने अपेक्षालिइएको छ।

प्रकाशित: २१ पुस २०७६ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App