बेलायतमा भिजिट नेपालको सुरुवात

आइतबार, २० पुष २०७६, ११ : ४९ चिरन शर्मा  | @chiranuk

लन्डन-लन्डनस्थित नेपाली दूतावासमा एक समारोहकाबीच  भिजिट नेपाल इयर २०२० को  सुरुवात गरिएको छ। दूतावासमा आयोजित एक विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले सो अभियानको औपचारिक सुरुवात गरेका हुन्।

सो अवसरमा बोल्दै राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीहरुलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिश साथीलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे। उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टहरुलाई नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न आग्रह पनि गरे।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनका ५० वटा बसहरुमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए। उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्ष सम्बन्धि कार्यक्रमहरु आयोजना गरिएको बताए।

कार्यक्रममा एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले बेलायतस्थित सबै संघ संस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरिन्। सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका विभिन्न समितिका पदाधिकारीहरुले आआफ्नो समितिका कार्यक्रम र योजनाबारे प्रस्तुति गरेका थिए।

समारोहमा बेलायतको मिडल्याण्ड लगायत विभिन्न सहरबाट आएका नेपाली समुदायका अगुवाहरुको उल्लेख्य उपस्थिति थियो।

सो अवसरमा राजदूत सुवेदीले एनआरएनएका नवनिर्वाचित केन्द्रिय महासचिव डा हेमराज शर्मा तथा संघको युरोप क्षेत्रका उपसंयोजक कृष्ण तिमल्सेनालाई खादा लगाएर सम्मान गरेका थिए। 

 






यसमा तपाईको मत

अन्य समाचार

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

Ncell Footer Ad