२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानको सडकबाट ३० जनाको उद्दार

शुक्रबार राति धरानको सडकमा आश्रितहरुलाई उद्दार गरिँदै। तस्बिर : रोहित राई

धरान- प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियान धरानबाट शुरुवात भएको छ। धरानको सडकमा आश्रित बालबालिकासहित ३० जनाको शुक्रबार राति उद्दार गर्दै तीनै तहको सरकारले प्रदेश १ लाई सडक बालबालिका मुक्त बनाउने अभियान शुरुवात गरेको हो। धरानबाट उद्दार गरिएका ३० जनामध्ये १६ जना मात्र बालबालिका थिए। अन्य १४ जना युवा, महिला तथा वृद्धहरु थिए। उनीहरुलाई पनि आवश्यकता अनुसार आश्रममा राखेर पुर्नस्थापना तथा पुर्नवास गरिने सरकारले जनाएको छ।

संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे, धरान उपमहानगरका मेयर तिलक राईको उपस्थितिमा धरानका सडक बालबालिकाहरुको उद्दार गरिएको थियो। उपत्यकाबाहिर सडक बालबालिका अत्यधिक भएको सहरमा धरान पनि हो। धरानको उद्दार गरिएका भन्दा अझै केही बालबालिकाहरु बाँकी नै छन्। धरानमै बाँकी रहेको सडक बालबालिका र अन्य सहरमा पनि क्रमशः सडकलाई मावन एवं बालबालिकारहित बनाउने प्रदेश सरकारका मन्त्री घिमिरेले बताए।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेशलाई सडक बालबालिका मुक्त प्रदेश बनाउने घोषणा गरेको थियो। केन्द्रीय सरकारले पनि सडकलाई वेवारिसे मानव तथा सडक बालबालिकामुक्त बनाउने लक्ष्य राखेको छ। संघीय सरकारका मन्त्री गुरुङले उद्दार गरिएका बालबालिकाहरुलाई पुर्नस्थापना र पुर्नबाससँगै पुनः सडकमा आउन नदिन बिशेष कार्यक्रम ल्याउने बताए। ‘बालबालिकाहरु सडकमा आउने कारण के हो? त्यो पत्ता लगाएर अबदेखि उनीहरु सडकमा आउनै नदिन बिशेष कार्यक्रम नै ल्याउछौं,’ मन्त्री गुरुङले भने।

प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेले १ नं प्रदेशको सबै सहर र सडकबाट बालबालिकाहरुलाई उद्दार गरेर सडकलाई बालबालिकामुक्त  बनाउने बताए। उनले पनि उद्दार गरिएका बालबालिकाहरुलाई पुनः सडकमा आउन नदिन स्थानीयतहरुसँग पनि आवश्यक समन्वय गर्ने बताए। ‘यो अभियान तीनै तहको सरकारको संयुक्त अभियान हो, यो अभियानबाट तीनै सरकारबीच सुर, ताल र लय मिलेको छ,’ उनले भने। धरानका मेयर तिलक राईले स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउदै बालबालिका र उनका परिवारमा खुसी छाउने वातावरण बन्ने अपेक्षा व्यक्त गरे।

राष्ट्रिय बालअधिकार परिषदका प्रशासकीय प्रमुख कृष्णप्रसाद भुषालले उद्दार गरिएका सडक बालबालिकाको अवस्था हेरेर बालगृहमा पुर्नस्थापनामा लगिने बताए। ‘उद्दार गरिएकाहरुको शारीरिक, मानसिक अवस्था कस्तो छ, पहिला त्यो छट्याउछौं र उनीहरुको अवस्था अनुसार बालगृह वा पुर्नस्थापना केन्द्रमा राख्छौं,’ उनले भने।
 

प्रकाशित: १९ पुस २०७६ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App