बुटवलविरुद्ध पोखरा आठ विकेटले पराजित

शुक्रबार, ०४ पुष २०७६, १४ : २४ नागरिक

पोखरा– दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ।
 
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ सुरु गरेको पोखराले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको थियो। प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको १२२ रनको विजयी लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो।

प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले एक खेलमात्र जित हासिल गरेको छ भने तीनमा पराजित भएसँगै अघिल्लो चरण पुग्नका लागि थप दबाबमा आएको छ। अब पोखराले ‘प्लेअफ’ खेल्नका लागि बाँकी एक खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामा समेत भर पर्नुपर्ने बाध्यता छ।
 
शुरुआती ब्याटस्म्यान अफ्ताबुद्दिन अहमद र शङ्कर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गरेका थिए। खेलमा बुटवलले खेलमा सुखद सुरुआत गरेको थियो। आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे। 

जितसँगै बुटवलले चितवन राइनोजसँग समान चार अङ्क बराबरी गरेको छ। यद्यपि चितवनले एक खेल कम खेलेको छ भने अन्य टोलीको समान दुई अङ्क रहेको छ। पहिलो ओभरको दोस्रो बलमा शुरुआती ब्याटस्म्यान कशुल भुर्तेल रनको खाता नै नखोलेर बाहिरिएपछि घरेलु टोली पोखरा दबाबमा आएको थियो। भुर्तेललाई ललित भण्डारीले एलबीडब्लु आउट गरेका थिए।
 
पोखराका लागि रविइन्दर सिंहले ४२ बलमा दुई चौका र दुई छक्का सहित ४५ रनमा अविजित रहदै टोलीका लागि मध्यमस्तरको लक्ष्य प्रस्तुत गरे। त्यस्तै प्रथमेश ढाके २० बलमा एक चौका र एक छक्कासहित २० रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा एक चौका, एक छक्कासहित १९ रन जोडे।

बुटवलका हर्ष टङ्कले आफ्नो चार ओभर बलिङमा जम्मा १० रन खर्चिएर दुई विकेट लिए भने शिवम सिंह, ललितसिंह भण्डारी र नितेश थापाले समान एक÷एक विकेट लिएका थिए। रासस





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad