२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तेक्वान्डोमा आर्मी च्याम्पियन

रामेछाप– खाँडादेवी गाउपालिकामा शनिबारदेखि संचालन भएको २० औँ सिनयिर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्यापियन बनेको छ।

आर्मी १९ स्वर्णपदक सहित च्याम्पियन बनेको हो। सशस्त्र प्रहरी बल ६ स्वर्ण सहित दोश्रो र १ नम्बर प्रदेश ४ स्वर्ण सहित तेश्रो भएको छ। 

प्रतियोगितामा पुरुष फाइटको ४५–५० केजी तौल समूहको फाइनलमा त्रिभुवन आर्मि क्लवका पुर्ण बहादुर मगरले क्लबकै मिलन धामीलाई हराउँदै ४ स्वर्ण सहित बेस्ट प्लेयर अफ टुरनामेन्ट घोषित भएका छन।

त्यस्तै महिला तर्फ ५५–६० केजी तौल समुहमा प्रदेश नम्वर ६ कि संगिता मगरलाई हराउँदै आर्मी क्लबकी रिना धमलाले ३ स्वर्ण सहित बेस्ट प्लेयर अफ टुरनामेन्ट महिला घोषित भएकी छिन। 

प्रकाशित: ३० मंसिर २०७६ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App