१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चेलीबेटी बेचबिखनविरुद्ध नेपाल–भारत सहकार्य

सीमा क्षेत्रमा भएको मानव बेचबिखन विकृति विसंगतिविरुद्धको कार्यक्रम

भैरहवा- चेलीबेटी बेचबिखन तथा मानव तस्करीको रोकथामको लागी नेपाल–भारतको सहकार्य आवश्यक हुनु पर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन्।

रोहिणी गाउँपालिका वडा नं. २ को सहकार्य र शुभ अवसर ग्राम नेपालको आयोजनामा नेपाल भारत सीमा क्षेत्र भगवानपुरमा आयोजित मानव बेचबिखन विकृति विसंगतिविरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले मानव बेचबिखनविरुद्ध दुवै देशको सहकार्यको लागी जोड दिएका थिए।

नेपालबाट बिशेष गरि यौनजन्य क्रियाकलाप तथा भारतबाट समेत बिभिन्न कामको लागी भन्दै दुवै देशमा मानव बेचबिखन जस्तो जघन्य अपराध रहेको हुँदा यसको न्यूनिकरणमा लाग्नु पर्ने उनिहरुले आवश्यकता औल्याए। सीमा बस्ने सुरक्षाकर्मी मात्र नभई साधारण नागरिकहरु पनि चनाखो भएर यस्ता विकृतिको बिरोध गर्नु पर्ने वक्ताहरुको जोड रहेको थियो।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले शिक्षाको अभावमा अहिले पनि यस्तो क्रियाकलापले प्रश्रय पाएको बताए। उनले परिवार शिक्षित भए यस्तो अवस्था नआउने जिकिर गर्दै गाउँपालिकाले अहिले शिक्षामै बिशेष जोड दिएको बताए। अन्तरदेशिय सीमा सम्बन्धलाई बलियो बनाउन दुवै देशको नागरिकहरु उत्तिकै चनाखो भएर अपराधहरुकोविरुद्ध लाग्न उनले आव्हान समेत गरे।

आफ्नो गाउँ ठाउमा दलाल ब्यक्ति जुन सुकै रुपमा आउन सक्ने हुँदा नया र शंकास्पद ब्यक्ति देखिए जनप्रतिनिधि वा नजिकको प्रहरीलाई सम्पर्क गर्न उनले दुवै देशका नागरिकलाई आग्रह समेत गरे। खुल्ला सीमाका कारण प्राय अपराधी अहिले यस्तै भिडभाड नभएको क्षेत्र रोज्ने भएकोले सबैलाई चनाखो हुन रोहिणी गाउँपालिका २ नं. वडा अध्यक्ष सरोज कुमार पाण्डेले आग्रह गरे। शुभ अवसर ग्राम नेपालले भगवानपुर सिमा क्षेत्रबाट चेलीबेटी बेचबिखन रोक्न सोही क्षेत्रमा आफ्नो निगरानी केन्द्र स्थापना समेत गरेको छ।

कार्यक्रममा भारतीय सीमा सुरक्षा बल भगवानपुरका प्रमुख भागमल लाल, स्थानीय पारसनाथ यादव, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र, शुभ अवसर ग्राम नेपालका जिल्ला संयोजक शम्भु प्रसाद हरिजन, स्वरक्षा मानव बेचविखनविरुद्धको परियोजना गोरखपुरका श्रवण कुमार लगायतले बोलेका थिए। कार्यक्रममा भारत र नेपाल तर्फका स्थानीयवासीका साथै दुवै देशको जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।
 

 

प्रकाशित: २९ मंसिर २०७६ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App