२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनजीवन कष्टकर, किसान खुसी (फाेटाे फिचरसहित)

जुम्ला - बिहिवार दिउँसोदेखि कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिमपात भैरहेको छ। कर्णालीको हुम्ला, मुगु, डोल्पा जिल्लामा हिजोदेखि हिमपात शुरु भएकोमा जुम्ला र कालिकोटमा रातिदेखि मात्र हिमपात शुरु भएको हो। हिमाली क्षेत्रमा हिँउ परिरहेको छ। तल्ला क्षेत्रमा वर्षा भइरहेको छ। हिमपातसंगै अत्याधिक चिसो बढेको छ।

चिसोका कारण कर्णालीका जिल्लाहरुमा जनजीवन निकै कष्टकर बनेको छ। हिमपातले किसान उत्साहित छन्। समयमै हिउँ र बर्षा हुदा बालीनाली सप्रने भन्दै किसान निकै खुसी भएका हुन्। अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन्। एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ। चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ।

निरन्तर हिमपात भइरहेकोले गाइबस्तु गोठ भन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन्। हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ। चिसोको मार बालबालिका र बृद्धबृद्धामा बढी  देखिएको हो। जुम्लामा पहिलो पटक हिमपात भएको हो। धुलो र धुवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने संभावना थियो।

स्थानीय किसान देवेन्द्रबहादुर बुढा यो हिमपातले कर्णालीका किसानमा निकै खुसी ल्याएको बताउँछन्। उनले भने, ‘यो हिमपात कृषि क्षेत्रको लागि उत्तम छ।’ लामो समय देखि हिउँ पर्ने कार्यतालिका परिवर्तन हुदै आएको थियो। कुनै वर्ष हिउँ नै नपर्ने र कुनै कुुनै वर्षमा अत्याधिक हिउँ पर्नाले समस्या हुने गरेको छ। यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसान बताउँछन्।

  हिमपातले सदरमुकामस्थित बजार बन्द छन्। घरभित्र आगो बालेर गेडागुडी पकाउने क्रम बढ्ेको स्थानीय बताउँछन्। जुम्लाका ८ वटै स्थानीय तहका उच्च हिमाली भागमा भारी हिमपात भइरहेकोछ।  हिमपातकै कारण सदरमुकाममा टयुसन तथा कोचिङ पढ्न आएका विद्यार्थी मर्कामा छन्। अहिले सदरमुकाममा अधिकांस पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन्।

आएका सेवाग्राही समेत अलपत्र परेका छन्। दशकअघि सम्म नियमित रुपमा हिमपात भइरहने भएको हुदाँ  कृषि उत्पादनमा निकै राम्रो प्रभाव पर्ने गरेको थियो। तर पछिल्लो वर्षहरुमा नियमित बर्षा र हिमपात नहुनाले यहाँको जलवायुमा प्रत्यक्ष प्रभाव परेको छ। युवा जति सकै ब्यापार तथा कामका शिलशिलामा कालापहाड तिर हिडिँसकेकोले गाउँमा बालबालिका र बुढाबुढी मात्र छन्। हिमपातले यहाँको बिकास निर्माणका काममा प्रति असर गर्ने गरेको जानकार बताउँछन्। कर्णालीमा बिमानस्थलमा बिमान चल्न सकेका छैनन।

हिमपात पूर्व तयारी
हिउँदमा अत्याधिक हिमपात हुन सक्ने अवस्थालाइ मध्येनजर गर्दै तत्कालिन कर्णालीका जिल्ला प्रशासन कार्यालयहरुले हिमपात विपद् योजना निर्माण गरेका छन्।  जिल्लामा हिमपात विपद् व्यवस्थापनका कार्य थप प्रभावकारी र दिगो बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी जुटेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन्। विपद् व्यवस्थापनमा गर्नुपर्ने काम ,कर्तव्य र अधिकारबारे सबै क्षेत्रमा जानकारी भइसकेको छ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दुर्गाबञ्जाडे भूबनावट, कमजोर भौगर्भिक अवस्था तथा मौसमी विषमताको कारण बाढी, पहिरो, चट्याङ्ग, आगलागी तथा महामारी जस्ता प्रकोपहरुले जनधनको क्षति हुन सक्ने भएकोले हिमपात विपद् पुर्व तयारी कार्ययोजना निर्माण भएको बताउँछिन्। विपद् व्यवस्थापनका विषयमा सरकार, निजीक्षेत्र, ब्यक्ति, समुदाय सबैले सचेत हुन आग्रह गरिएको छ।   जिल्लाका आठ वटै स्थानीयतहरुमा विपद् व्यवस्थापनको अवस्था, जिल्लाको शान्ति सुरक्षालाइ कसरी मजबुद गर्नु पर्ने बारेमा सबैको तयारी हुनु पर्ने देखिएको उनी बताउँछिन्।

तस्बिरः धनबहादुर/नागरिक

प्रकाशित: २७ मंसिर २०७६ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App