२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मिस वल्र्डको टप ४० मा अनुष्का

काठमाडौं – मिस नेपाल अनुष्का श्रेष्ठ मिस वल्र्डको टप ४० मा छनोट भएकी छिन्। मिस वल्र्डअन्तर्गतको ‘हेड टु हेड’ च्यालेन्जको समूह विजेता हुँदै उनी टप ४० मा परेकी हुन्। लन्डनमा आयोजना भइरहेको मिस वल्र्डको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी उनले पोल्यान्डकी मिलेना सोडोस्का, जिल्ब्राल्टारकी सेलिन बोलानोस, तान्जानियाकी सिल्भिया सेबास्तियन, मेक्सिकोकी एस्ले एल्भीड्रेज, आइल्यान्डकी जेसी प्याट्रिकलाई पछि पार्दै समूह विजेता घोषित भएकी थिइन्।

उनीसहित भारत, मेक्सिको, गायना, मोल्डोभा, नाइजेरिया, पाराग्बे, फिलिपिन्स, त्रिनिडाड र भेनेजुएलाको प्रतियोगीहरु समूह विजेता घोषित हुँदै टप ४० मा छनोट भएका थिए। यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जको अन्तिम चरणमा इन्डोनेसियासँग प्रतिस्पर्धा गरेकी थिइन्।

मिस वल्र्डको मुख्य विधा ‘ब्युटी विथ प्रपोज’ को उत्कृष्ट १० मा उनी छनोट भएकी छिन्। यस विधामा उनीसहित फ्रान्स, भारत, इन्डोनेसिया, मलेसिया, मंगोलिया, नाइजेरिया, ट्युनेसिया, भेनेजुएला र भियतनामका प्रतियोगी छनोट भएका छन्।

त्यस्तै मिस वल्र्डअन्तर्गतको मल्टिमिडिया विधामा उनी दोस्रो नम्बरमा प्रतिस्पर्धा गरिरहेकी छिन्। अनलाइन भोटिङको आधारमा छनौट हुने मल्टिमिडिया अवार्डमा हालसम्म उनीभन्दा अघि मेक्सिको छ।

मिस नेपालको आयोजक द हिडन टे«जरका प्रमुख गोपालसुन्दरलाल कक्षपतिका अनुसार मिस वल्र्डमा नेपालको यो अहिलेसम्मको उत्कृष्ट सहभागिता हो। ‘मिस वल्र्डको महत्वपूर्ण विधाहरुमा पहिलो पटक एकसाथ नेपालको प्रतिनिधित्व गरिरहेकी अनुष्का छनोट भएकी छन्। अहिलेको रफ्तारले निरन्तरता पाउने हो भने पक्कैपनि उत्कृष्ट २० मा पुग्ने सम्भावना छ। त्यसबाहेक उनले महत्वपूर्ण विधाको उपाधि हात पार्ने अपेक्षा गरेका छौं,’ उनले भने।

मिस नेपाल श्रेष्ठ आफ्नो सामाजिक सञ्जालमार्फत् नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिरहेकी छिन्। यस वर्षको मिस वल्र्डमा १ सय २५ देशका प्रतियोगीहरु सहभागी भएका छन्। मिस वल्र्डको फाइनल आगामी डिसेम्बर १४ मा लन्डन एक्सेलमा आयोजना हुँदैछ।

प्रकाशित: २६ मंसिर २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App