२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘प्रेम कहानी’ सार्वजनिक

काठमाडौं– गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा रहेका म्युजिक भिडियो ‘प्रेम कहानी’ सार्वजनिक भएको छ।

गायक स्वयंमको स्वरमा रहेको गितमा उषा उप्रेती र सागर थापाले मोडलिङ गरेका छन्।

भिडियोलाई प्रबिन भट्टले निर्देशन तथा सम्पादन गरेका हुन्। भिडियोको निर्देशन र सम्पादन पक्ष उत्कृष्ट देखिएको छ।

देशका विभिन्न स्थानमा पुगेर छायाङ्कन गरेकाले भिडियोमा मिहेनत पनि उत्तिकै देखिन्छ। भिडियोलाई विपि फिल्मस् नेपालले निर्माण गरेको हो। 

भिडियोलाई अनिल के मानन्धर र करन चैसरले छायांकन गरेका हुन्। संगित संयोजन उदयराज पौडेलको रहेको भिडियोलाई कोरियोग्राफी भने प्रमोद भणडारीले गरेका हुन्।   

 

प्रकाशित: २५ मंसिर २०७६ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App