२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोनाल्डोको आय-व्यय सार्वजनिक

मड्रिड- कर छलीको आरोप खेपिरहेका रियाल मड्रिडका पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आय–व्यय सार्वजनिक गर्दा सन २०१५ मा २२ करोड ५० लाख युरोभन्दा बढि कमाएको घोषणा गरेका छन्। एक अन्तराष्ट्रिय संचार सस्थाले पोर्चुगलका कप्तानले थुप्रै कागजात लुकाएर १५ करोड युरोलाई करको दायराबाट वाहिर राख्न खोजेको दावी गरेको थियो। तर ३१ वर्षे रोनाल्डोले सार्वजनिक गरेको २०१५ को आय–व्ययलाई स्पेनिस कर कार्यालयले पास गरिसकेको छ।

मार्चमा कर कार्यालयमा बुझाइएको प्रतिवेदनअनुसार रोनाल्डोले स्पेनवाहिर २० करोड ३७ लाख युरो तथा स्पेनमा २ करोड ३५ लाख युरो कमाएको उल्लेख छ।

‘यो प्रतिवेदनले स्पेनको कर कार्यालय रोनाल्डोको आम्दानी तथा सम्पत्तिमाथि पूर्ण रुपमा जानकार रहेको देखाउछ। त्यसैले अव उनले यस विषयमा कुनै धारणा व्यक्त गर्ने छैनन्,’ रोनाल्डोको व्यवस्थापन कम्पनी जेस्टिफ्युटले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘एक खेलाडीको नाताले उनलाई आफ्नो व्यवसायिक करियरको सुरुदेखी खेलेका सबै देशमा करको दायरा थहा छ। कहिले पनि उनी कर छली प्रकरणमा मुछिएका थिएनन्।’

बोरुसिया डर्टमन्डविरुद्ध बुधबार राती भएको च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलपछि रोनाल्डोले कर छली विवादको विषयमा आफू निर्दोष रहेको बताएका थिए। यसअघि बुधबारै रियाल मड्रिडले पनि आफ्ना खेलाडीको बचाउमा विज्ञप्ति जारी गरेको थियो।

‘रियाल मड्रिड रोनाल्डो जस्ता स्टार खेलाडीको सम्मान होस भन्ने चाहन्छ। क्लबमा रहदाँ उनको व्यवहार अनुकरणीय छ,’ रियालले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ ।

प्रकाशित: २६ मंसिर २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App