२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

टेलर स्विफ्टका कारण ज्यान मार्ने धम्की

न्युयोर्क – अमेरिकी गायिका टेलर स्विफ्टको म्युजिक कपिराईटलाई लिएर उनको पूर्व संगीत प्रबन्धक स्कुटर ब्राउनलाई ज्यान मार्ने धक्की आएको छ। ज्यान मार्ने धम्की आएपछि संगीत प्रबन्धक स्कुटर ब्राउनले गाियका स्विफ्टसँगको छ महिना लामो विवादको अन्त्य गर्न सार्वजनिक रूपमा याचना गरेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो फोटो पोस्टसहित उनले बारम्बार धम्कीहरू पाइरहेको जनाएका थिए। ‘गत हप्ता तपाईको अभिव्यक्ति आएपछि मेरो परिवारलाई असंख्य संख्यामा मार्ने धम्की आइरहेका छन्,’ उनले गायिका स्विफ्टलाई उल्लेख गर्दै पोस्ट गरेको फोटोमा लेखिएको छ, ‘म कुनै किसिमको सामाजिक सञ्जालमा युद्ध गर्न चाहन्न्। मेरो पत्नीलाई बारम्बार हाम्रा बच्चाहरूको सुरक्षालाई लिएर धम्की आइरहेका छन्।’

गत हप्ता गायिका स्विफ्टले सार्वजनिक रूपमा संगीत प्रबन्धक ब्राउन र बिग मेसिन लेबल समूहले उनको केही गीतहरू अमेरिकी म्युजिक अवार्डमा प्रस्तुत गर्न रोक लगाएको जनाएकी थिइन्। ‘यो गीतहरू लेख्न मेरो पूर्व संगीत प्रबन्धक र म्युजिक रेकर्ड कम्पनीको हात थिएन्। उनीहरूले म र मेरो फ्यानहरूसँगको सम्बन्ध बनाउन केही योगदान गरेनन्। यसप्रति उनीहरूको धारणा आउनुपर्छ,’ उनले लेखेकी थिइन्। तर, बिग मेसिन लेबल समूहले उनका दाबी अस्वीकार गरेको छ। बिग मेसिनले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘गायिका टेलर स्विफ्टले आफ्ना सबै गीतहरू अमेरिकी म्युजिक अवार्ड समारोहमा प्रस्तुत गर्न पाउँछिन्। बिग मेसिनलाई उनको प्रस्तुतिलाई लिएर कुनै आपत्ति छैन्। उनलाई रोक्ने अधिकार हामीसँग छैन्।’

संगीत प्रबन्धक स्कुटर ब्राउनले गायिका स्विफ्टको गीतको क्याटलग खरिद गरेपछि उनको स्वरमा रहेको सबै गीतको कपिराईटको निम्ति वकिलसँग सहकार्य गरिरहेकी थिइन्। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो। गायिका स्विफ्टलाई उनको स्वरमा रहेको पुरानो गीतहरू प्रस्तुत गर्न रोक लगाइएको थियो।

गत वर्षमा गायिका स्विफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन्। सन् २००६ मा आफ्नै नामको पहिलो एल्बम निकालेपछि कन्ट्री सिंगरका रूपमा चर्चामा आएकी गायिका स्विफ्ट, यो वर्ष विश्वको बढी कमाउने सेलेब्रिटीको सूचीमा परेकी थिइन्। उनको सांगीतिक यात्रालाई सम्मान गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ। गायिका स्विफ्ट अमेरिकी म्युजिक अवार्डमा हालसम्म सबैभन्दा धेरै २३ वटा अवार्ड जित्ने गायिकाको रूपमा परिचित छिन्। उनले वर्षको उत्कृष्ट आर्टिस्ट, म्युजिक भिडियो र गायिका विधाका अवार्डहरू जितेकी थिइन्।

प्रकाशित: ८ मंसिर २०७६ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App