इन्जिनियरको परीक्षा मन्त्रालयद्वारा रद्द

बिहिबार, २३ मङि्सर २०७३, १२ : ४५ नागरिक

काठमाडौं—सहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । 

विभागले लिएको लिखित तथा मौखिक परीक्षामा अनियमितता तथा धाँधली भएको भन्दै मन्त्रालयद्वारा परीक्षा रद्द गर्ने निर्णय।

विभागले लिएको लिखित तथा मौखिक परीक्षामा अनियमितता तथा धाँधली भएको भन्ने गुनासो आएकाले वास्तविकताको छानविन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक छानविन समितिको प्रतिवेदनका आधारमा परीक्षा रद्द गरिएको मन्त्रालयले उल्लेख गरेको छ। 

परीक्षामा भएको त्रुटिमा संलग्न कर्मचारीको सम्बन्धमा मन्त्रालयले थप छानबिन गरी आवश्यक कारबाही गर्ने निर्णय भएको सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीका प्रेस संयोजक शिव देवकोटाले जानकारी दिए। 

मन्त्रालयका अनुसार अब लिइने परीक्षालाई गोपनीय, विश्वसनिय, निष्पक्ष, प्रक्रियागतरुपमा पारदर्शी र वैध बनाउन लोक सेवा आयोगसँग समेत समन्वय गरी आयोग तथा आवश्यकताअनुसार अन्य विज्ञको समेत प्राविधिक सहयोग लिन विभागलाई निर्देशन दिने निर्णय गरिएको छ। रासस 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad