२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

देशभर साढे २२ लाख मात्र स्वास्थ्य बिमा

काठमाडाैं – जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जम्मा२२ लाख ४० हजार चार सय २४ जना नेपाली सहभागी भएका छन्। यो कुल जनसंख्याको साढे सात प्रतिशत हाराहारी हो। नेपालको जनसंख्या तीन करोड पुग नपुग छ।

बिमासम्बन्धी जन–चेतनाको अभाव, सहज रुपमा बिमाको पहुँच नहुँनु लगायत कारण स्थास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढन नसक्दा कार्यक्रमले अपेक्षित संख्यामा नागरिकले स्वास्थ्य बिमा नगराएको बिमा विज्ञहरु बताउँछन्।

करिब तीनवर्षअघि सुरुभएको स्वास्थ्य बिमा कार्यक्रम हाल मुलुकका ४९ जिल्लामा पुगेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए।

‘बिमा गरेपछि सर्वसाधारणले उपचार गर्दा लाग्ने खर्च बेहोरिनेभएपनिजन–चेतनाको अभावमा स्वास्थ्य बिमा कार्यक्रमले लक्ष्यअनुसार गतिलिनसकेको हो,’उनले भने, ‘नेपाल सरकारले चालु आवभित्र मुलुकका ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनगर्ने लक्ष्यलिएको छ। जसअनुरुप यस कार्यक्रमलाई द्रुत गतिमा अघि बढाउन घरदैलो कार्यक्रम सञ्चालन गरी ग्रामीण तथा दुर्गम क्षेत्रका सर्वसाधारणलाई कार्यक्रममा सहभागी गराउँदै आएका छौं।’

स्वास्थ्य बिमा बोर्डको पहलमा सञ्चालन भएको घरदैलो कार्यक्रममा स्थानीयबासिन्दा लाई सहभागी गराई स्वास्थ्यउपचार गर्दा लागेको खर्च बेहोर्नुनपर्ने भएपछि स्वास्थ्यबिमाकार्यक्रममा सहभागिता बढ्दै गएको उनले बताए।

उनकाअनुसार हालसम्मकरिब आठ लाख १५ हजार एक सय १४ परिवारमा स्वास्थ्यबिमापुगेकोछ। यसमा१०लाख ६९ हजार ६ सय ५९ जनापुरुष र ११ लाख७० हजार सात सय ६५ जनामहिला छन्।

वार्षिक तीनहजार पाँच सय रुपैयाँ प्रिमियम बुझाएर स्वास्थ्य बिमा गर्दा एक लाख रुपैयाँसम्मको उपचार खर्च आफूले बेहोर्नुपर्दैन।

परिवारमा पाँचभन्दा बढी भए प्रतिव्यक्तिसात सय रुपैयाँ थप शुल्क लाग्छ। यस्तोमा उपचार खर्च २० हजार रुपैयाँ जनही थप हुने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्यभएको परिवारलाई अधिकतमदुई लाख तथा पाँचजनाको परिवारलाई बढीमा एक लाख रुपैयाँउपचार खर्च दाबी भुक्तानी हुने व्यवस्था छ।

बिमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन समितिसँग सम्झौता गरेका सरकारी तथानिजी क्षेत्रकाअस्पतालमा उपचार गराउँदा बढीमा एक लाख रुपैयाँसम्म तिर्नु नपर्ने कार्यकारी निर्देशक पोखरेलले बताए।

स्थास्थ्य बिमा कार्यक्रममा सहभागीले दुई सय ८८ वटा सरकारी तथा निजी क्षेत्रका अस्पतालमा उपचार गराउन सक्छन्। समितिकाअनुसार दुई सय १० सरकारी तथा ७८ निजी अस्पतालमा बिमाको सीमासम्मको उपचार निःशुल्कहुन्छ। गरिबीनिवारण समितिले प्रदान गरेको पहिचान पत्रको आधारमा अतिगरिब, ज्येष्ठनागरिक, एचआइभीतथा एडस र क्षयरोग लागेका परिवारको निःशुल्क स्थास्थ्यबिमाहुने व्यवस्था छ। ‘७० वर्ष उमेर पुगेकाज्येष्ठ नागरिकको हकमा शतप्रतिशत र स्वास्थ्य स्वयंसेवकको हकमा स्थास्थ्यबिमागर्दा ५० प्रतिशतप्रिमियम नेपाल सरकारले बेहोर्ने प्रावधान छ।’

त्यसैगरी, परिवारका एक सदस्यालाई यस्ता प्रकृतिका रोग लागेमाप्रतिपरिवार बढीमा पाँचजनाको निःशुल्क स्वास्थ्यबिमाहुने कानुनीव्यवस्था छ। बोर्डले उपलब्ध गराएका एक तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी गण्डकी र सुदूरपश्चिमप्रदेश र सबैभन्दाकमप्रदेश नम्बर २ मा स्वास्थ्यबिमाभएको छ।

प्रदेशनम्बर १ माहालसम्म करिब पाँचलाख ३३ हजारले स्थास्थ्यबिमा गराएका छन्। १४ वटा जिल्ला रहेको यस प्रदेशमा सातजिल्लामा स्वास्थ्यबिमाकार्यक्रमलागू भएको छ। २०६८ सालको जनगणना अनुसार यस प्रदेशको जनसंख्या ४५ लाखछ।

त्यसैगरी, प्रदेश नम्बर २माकरिब ५४ हजारले स्वास्थ्यबिमा गराएका छन्। करिब ५४ लाख जनसंख्या रहेको यस प्रदेशमा आठ जिल्ला छन्। हालसम्मपाँचजिल्लामाकार्यक्रम सञ्चालितछ। निकट भविष्यमा थप तीन जिल्लामा विस्तारगर्ने योजनामा बोर्ड छ।

त्यसैगरी, प्रदेश नम्बर ३ मा पाँचलाख तीन हजार दुई सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन्। १३ जिल्ला रहेको यस प्रदेशमा हालसम्म ६ जिल्लामा मात्र कार्यक्रम लागू भएको छ। काठमाडौं, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखामाकार्यक्रम सञ्चालन हुन बाँकी छ।
बोर्डका अनुसार गण्डकी प्रदेशमा तीन लाख ४५ हजार दुई सय ७३ जनाले स्वास्थ्यबिमा गरेका छन्। ११ जिल्ला रहेको यस प्रदेशमा६ वटा जिल्लामा बिमा कार्यक्रम लागू गरिएको छ।
कर्णाली प्रदेशमा एक लाख ८६ हजार चार सय ६० जनाले स्थास्थ्य बिमा गरेका छन्। १० जिल्लारहेको यस प्रदेशको जनसंख्यानौ लाख २८ हजार छ।
प्रदेश नम्बर ५ मातीनलाख ९३ हजार नौ सय ७० जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागीभएका छन्। १४ जिल्ला रहेको यस प्रदेशका आठ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलागूभएको छ। यस प्रदेशको जनसंख्या ४८ लाख छ। सुदूरपश्चिम प्रदेशकादुई लाख ३० हजार सात सय ८७जनाले स्थास्थ्य बिमा गरेका छन्। यस प्रदेशका सातजिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलागू भएको बोर्डले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App