८ वैशाख २०८१ शनिबार
मुख्य समाचार

इतिहासको आलोकमा ह्यारीको काठमाडौं यात्रा

काठमाडौं- नेपाल र बेलायतको कुटनीतिक सम्वन्धको २ सय बर्ष पूरा भएको अवसरमा राजकुमार ह्यारी आज नेपाल आएका छन्। पाँच दिन लामो भ्रमणको क्रममा उनी पोखरा, लमजुङ र बर्दिया समेत जाने छन्।


पोखरामा उनले गोरखा सैनिक परिवारलाई समेत भेट्ने छन्। गोरखा सैनिकमा पश्चिम नेपालबाट भर्ति हुनेको संख्या धेरै छ।

१८१६ मा भएको सुगौली सन्धिपछि औपचारिक रुपमै बेलायती सेनामा नेपाली भर्ति हुन थाले। तर त्यस भन्दा पहिले पनि फाट्फुट्ट नेपालीहरुले बेलायती सेनामा भर्ति हुने गरेको पाइन्छ।
1
नेपाल र बेलायतबीच यस प्रकारका उच्चस्तरका भ्रमण बेला बेला हुने गरेका छन्। सबैभन्दा पहिला श्री ३ महाराज जंगबहादुर राणाले १८५० मा बेलायतको भ्रमण गरेका थिए। २५ जनाको टोली सहित उनले बेलायत पुगेका थिए। यो नै नेपालको तर्फबाट भएको पहिलो बेलायत भ्रमण थियो।

यस्तै बेलायतका तर्फबाट नेपाल आउने सम्राट जर्ज पञ्चम थिए। तर उनि काठमाडौं भने आएका थिएनन्। उनले तराईका जंगलमा सिकार खेलेर फर्केको इतिहासमा पाइन्छ।
2
ह्यारीकी हजुरआमा महारानी एलिजाबेथले नेपालको दुइ पटक भ्रमण गरेकी थिइन्। उनले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन्। भने युवराज चार्ल्स ले २०३९ मा नेपाल भ्रमण गरेका थिए। यस्तै युवराज फिलिपले समेत नेपालको भ्रमण गरेका थिए। फिलिप राजकुमार ह्यारीका हजुरवुवा हुन् भने चार्ल्स ह्यारीका पिता हुन्। १९६१ को नेपाल भ्रमणको सयमा महारानी एलिजाबेथले नेपालका कालो झण्डाको समेत सामना गर्नु परेको थियो। राजा महेन्द्रले आफ्नो शासन हातमा लिएको समयमा नेपाल आएकी एलिजावेथलाई शैलाजा आचार्यहरुले कालोझण्डा देखाएका थिए।
33

                                        तस्बिरहरु: केनसिङ्टन प्यालेसको ट्विटरबाट
ह्यारीका पिता चार्ल्सले नेपाल भ्रमणको समयमा पोखरामा ट्रेकिङ समेत गरेका थिए। उनी हिँडेको बाटोलाई अहिले 'रोयल ट्रेक' को नामले चिनिन्छ। चार्ल्सले कास्कीको कालिकादेखि माझठाना, बेगनाश, हंसपुर हुँदै रुपाकोटसम्मको पैदल यात्रा गरेका थिए।

प्रकाशित: ६ चैत्र २०७२ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App