coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

नाकाबन्दीले महँगी अाकासियाे, मूल्यवृद्धि ११.६ प्रतिशत

काठमाडौं— भारतीय नाकाबन्दी, तराईको आन्दोलनले बजार मूल्य अाकासिएको छ। चालू आर्थिक वर्षको मंसिरसम्मको मूल्यवृद्धि दर ११.६ प्रतिशत पुगेको साेमबार राष्ट्र बैंकले जनाएको छ।

पाँच महिनाको तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रीय बैंकले कार्तिकमा दोहोरो अंकमा पुगेको मूल्यवृद्धि दर अझ माथि चढ्दै सो विन्दूमा पुगेको उल्लेख गरेको हाे।

'तराईको लामो आन्दोलन र नाकाहरुमा भएको व्यापार अवरोध पछिल्ला महिनामा महँगी बढ्नुका मुख्य कारक तत्व हुन्', राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।

दोहोरो अंकको मूल्यवृद्धिले सर्वसाधारण उपभोक्ताको भान्सा तथा अन्य उपभोग्य वस्तु र सेवाको मूल्य आकासिएको स्पष्ट संकेत गरेको छ। मंसिरभन्दा पुसमा मूल्यवृद्धि अझ बढ्नुले बजार मूल्य नियन्त्रण बाहिर जानसक्ने उसको अघिल्लो महिनाको चेतावनीलाई थप बल पुगेको छ। राष्ट्र बैंकले अघिल्लो महिनाको प्रतिवेदनमा मूल्यवृद्धि यही क्रमले बढेमा र आर्थिक वृद्धिदर खुम्चिएमा 'स्ट्यागफ्लेसन' हुनसक्ने चेतावनी दिएको थियो।

पछिल्लो समय खुकुलो हुँदै गरेको नाकाहरुबाट भइरहेको व्यापारले राष्ट्र बैंक आशावादी देखिएको छ। प्रतिवेदनमा भनेको छ, 'अधिकांश व्यापार नाकाहरुमा पछिल्लो समय देखिएको खुकुलोपनले मंसिरदेखि उच्च गतिमा बढिरहेको मूल्यवृद्धिमा ब्रेक लाग्न सक्छ।'

सबैभन्दा बढी मूल्यवृद्धि राजधानी काठमाडौंमा बढेको केन्द्रीय बैंकको तथ्याङ्कले औंल्याएको छ। यो पाँच महिनामा काठमाडौंको मूल्यवृद्धि दर १३.२ प्रतिशत रहेको छ भने तराईमा सबैभन्दा कम १०.२ प्रतिशत रहेको छ। आपूर्ति व्यवस्थामा अवरोध हुँदा मूल्यवृद्धि बढ्न पुगेको हो।

'भारतीय नाकाबन्दी' भनेन केन्द्रीय बैंकले

अघिल्लो प्रतिवेदनमा स्पष्ट रुपमा 'अनौपचारिक भारतीय नाकाबन्दी'का कारण मूल्यवृद्धि भएको उल्लेख गरेको राष्ट्र बैंकले यो पटकको आवधिक प्रतिवेदनमा सो शब्दावली हटाएको छ। अहिलेको प्रतिवेदनमा त्यसको सट्टा 'व्यापार नाकाहरुमा अवरोध' भन्ने शब्दावलीय प्रयोग गरेको छ।

प्रकाशित: ४ माघ २०७२ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App