डडेल्धुरा- डडेल्धुरा सदरमुकाम बागबजारका अधिकांश पसलमा अखाद्य पेयपदार्थ फेला परेको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सदरमुकाम बागबजारमा रहेका किराना तथा होटलमा अनुगमन गर्दा खाद्य पदार्थभन्दा पनि पेय पदार्थहरु म्याद सकिएको भेटेको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए।गर्मी सिजन सुरुसँगै भित्रिएको पेय पदार्थ प्रायजसो सबै किराना पसल तथा होटलमा राखिएकाले अनगुमन गर्दा प्रायः पसलमा डावरका जुस तथा मिरिन्डा म्याद सकिएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी अवस्थीले बताए। केही किराना पसलबाट बिस्कुट, नमकिन र मसला भेटिए पनि अधिकांश पसल तथा होटलबाट पेय पदार्थ फेला परेको छ।
जिल्ला प्रशासन कार्यालयले सदरमुकाम आसपासका स्याउले, भात्काडा, पोखरा, अनारखोलीलगायतका बजारमा समेत अनुगन गरिने बताएको छ। बजार अनुगमन नगरपालिका क्षेत्रभन्दा बढी गाविसमा आवश्यक रहेको स्थानीयहरु समाजसेवी राजेन्द्र जोशीले बताए।
प्रकाशित: २६ चैत्र २०७१ ०६:१७ बिहीबार