१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘सही बाटोमा थिइनँ भने आइजिपी कसरी हुन्थें?’

गत माघ २८ गतेदेखि नेपाल प्रहरीको नयाँमहानिरीक्षक(आइजिपी) बनेका छन्– ठाकुर ज्ञवाली। उनको कार्यकाल छोटो छ, तर पूरा गर्नुपर्ने काम धेरै छन्। संगठनभित्रकै तल्ला तहका कर्मचारीमा व्याप्त निराशा हटाउनेदेखि देशका ठूलठूला काण्ड सल्ट्याउनेसम्मका जिम्मेवारी उनको काँधमा छ। निर्मला बलात्कार÷हत्या घटना र ३३ किलो सुन प्रकरणअनुसन्धान, गायक/पत्रकार/कलाकारलाई तसार्उने प्रहरीको शैली, प्रहरी समायोजन/सरुवा/बढुवालगायत समसामयिक विषयमा आइजिपी ज्ञवालीसँग नागरिककर्मी शिवहरि घिमिरेले गरेको कुराकानी:

प्रहरी संगठनको प्रमुखभएर काम गर्दा कस्तो महसुस भइरहेको छ ?
उत्साहित र खुसी छु। संगठनभित्रै लामो समय बिताइयो। धेरै ठाउँमा प्रमुखको भूमिका पनि निर्वाह गरिसकेको छु। अबचाहिँ देशभरकै नेपाल प्रहरीको प्रमुखभएको छु। माथिल्लो पदमा बसेर काम गर्दाको अनुभव लिँदैछु। तल्लो तहमा छँदा माथिल्लो तहले गरेन, कमीकमजोरी मात्रै ग-यो भन्ने आम बुझाइ छ। प्रहरी संगठनको सबैभन्दा माथिल्लो पद कस्तो हुँदोरहेछ र के–के गर्नुपर्दोरहेछ अभ्याससँगै अनुभव बटुल्ने क्रममा छु। नेतृत्व तहमा बस्दाको चुनौती चिर्दैआफ्ना जिम्मेवारी पूरा गर्ने यात्रामा छु।

कार्ययोजना र इच्छा धेरै होलान्, तर तपाईंसँग काम गर्ने र आइजिपी पदको गरिमा देखाउने समय जम्मा ५ महिनामात्रै छ। के–के गर्नुहुन्छ त ?
कार्यकालभन्दा पनि नेपाल सरकारको महत्वपूर्ण प्रतिनिधि संस्थाकारूपमा  काम गर्ने हो।दैनिक कामको निरन्तरतामा मात्रै नभएर म प्रभावकारीतामा बढी ध्यान दिन्छु। बोलेका र योजनामा राखिएका काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ। योजना लोकप्रिय, कार्यान्वय शून्य भयो भने त्यसको कुनै अर्थ हुँदैन। उही नेताको भाषणजस्तै हुन्छ। त्यसकारण आफूले गर्नसक्ने जति मात्र बोल्ने हो। अनावश्यक बोलेर आशा देखाउनु राम्रो होइन।

उसोभए ५ महिने कार्यकालमा तपाईंबाट के–के अपेक्षा राख्ने ?
त्यस्तो ठूलो योजना र सपना छैन। धेरै अपेक्षा र आशा पनि बाँड्दिनँ। हिजोका दिनमा पनि मैले यही संगठनमा काम गरेको हुँ।अहिले चाहिँप्रहरीको समग्र संगठन कस्तो बनाउने भन्ने ठाउँमा आइपुगेको छु। त्यसैले म सक्दो राम्रो गरेर देखाउने विचारमा छु। हामीले ध्यान दिने भनेको अपराध नियन्त्रण र शान्ति सुरक्षामै हो।यसका साथै विकास–निर्माणका काममा सहयोग गर्न प्रहरी सधैं प्रयत्नशील रहनेछ। विकास–निर्माण कार्यमा अवरोध हुन दिँदैनौं। विकासमा बाधा पु¥याउने गतिविधि निस्तेज पार्न प्रहरी सदैव तत्पर रहनेछ।

हिजो आफू अरू (आइजिपी)को निर्देशनमा काम गर्नुहुन्थ्यो, आज अरूलाई अह्राउनेठाउँमा आइपुग्नुभएको छ,फरक के पाउनुभयो ?
फरक त भइहाल्छ। जहाँ भएपनि मुख्य कुरा त आफ्ना जिम्मेवारी निर्वाह नै हो। हिजोका जिम्मेवारी हिजै निर्वाह गरें, अब आजका जिम्मेवारी निर्वाह गर्दै छु। क्षेत्र एउटै हो, जिम्मेवारी र पद मात्रै फरक भएका हुन्। आफ्नो अधिकार–क्षेत्रले जे भन्छ त्यही गर्ने हो। हिजो तल्ला तहमा बसेर काम गर्दा नेतृत्व तहले के गथ्र्यो भन्ने कुरा पनि यतिबेला मनन गर्नुपर्ने हुन्छ। संगठनभित्रका आवश्यकता हेर्नुपर्छ।

प्रहरीले राजनीतिक नेताको आड वा निर्देशनमा काम गर्न हुन्न। संस्थागत नीति/नियम र जिम्मेवारीभित्र प्रहरी रहनुपर्छ।

नेपाल सरकारले अहिले सुशासनका विषयमा बढी चासो दिएको छ। नागरिकमैत्री वातावरणमा प्रहरीले सेवा दिनुपर्छ भन्ने मान्यता सबैतिर छ। त्यसकारण हामीले कुनै पनि प्रहरी कसैको प्रलोभनमा पर्नु हुँदैन। पेसागत क्षमता र दक्षता देखाउनुपर्छ। पीडितमैत्री हुनुपर्छ। अनुसन्धान,सत्यतथ्यमा आधारित हुनुपर्छ भन्नेजस्ता विषयमा ब्रिफिङ भइरहेको छ। कार्यक्रमभन्दा पनि प्रहरीको आचरण र व्यवहार सही भयो भने देशमा शान्ति–सुरक्षा कायम हुन्छ भन्ने मान्यतालाई बढी जोड दिएका छौं।

प्रहरी समायोजन र संघीय प्रहरी ऐन कार्यान्वयन चरण सुरु भइसकेको छ। तपाईंसँग जम्मा समय ५ महिना मात्रै छ, यी काम टुंगोमा पुग्लान्?
वर्तमान अवस्थामा हामी संघीय संरचनामा गइसकेका छौं। यसको अभ्यास भइरहेको छ। यस्तो अवस्थामा प्रहरी समायोजनको काम पनि छ। लामो अवधिसम्म एकात्मक प्रहरी सुरक्षा नीति थियो। त्यहीअनुसार प्रहरीले काम गरिरहेका थिए। तर अब पुरानै सुरक्षा ढाँचाले चल्दैन। प्रहरीले सुरक्षा आवश्यकता हेरेर काम गर्नुपर्छ। त्यसमा मैले सक्दो ध्यान दिइरहेको छु।

प्रहरी समायोजन कसरी गर्ने भन्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको छ। एक हिसाबले समायोजन प्रक्रिया चुनौतीपूर्ण पनि छ। तर हामीले यस विषयमा सम्बद्ध निकायसँग घनिभूत छलफल गरी प्रक्रिया अघि बढाउँछौं। अर्को कुरा, संघीय र प्रदेश प्रहरी भएर सुरक्षा दिँदा कर्मचारीमा फुटको अनुभूति नहोस् भनेर हरेक संगठनमा एकताको सन्देश पु-याउनुपर्ने आवश्यकता देखेका छौं। प्रहरी कर्मचारीको मनोबल बढाउने गरी सबैखाले कार्यक्रम कार्यान्वयन हुन्छन्।

एकात्मक प्रणालीबाट सुरक्षा दिइरहेका प्रहरीलाईअहिले प्रदेश र केन्द्रमा विभाजनगर्दा सुरक्षा–व्यवस्था कमजोर होला कि ?
कमजोर होइन, झन्बलियो हुन्छ। ऐनअनुसारै संगठन वर्गीकरण हुने हुन्।  संख्या र कार्यालयको टुंगो लागेपछि मात्रै प्रहरी परिचालन गरिनेछ। आवश्यकता महसुस भयो भने नयाँ प्रहरी भर्ना लिएर संख्या बढाउनेतर्फ पनि हामीध्यान दिन्छौं।

सुरक्षा–क्षेत्रमा अहिलेका प्रमुख चुनौती के–के हुन्?    
अपराध गर्ने शैली र तरिका बदलिएको छ। प्रविधि प्रयोग गरी अपराध गर्नेहरूको संख्या बढ्दो छ। हिजोआफैं उपस्थित भएर अपराध गर्ने गिरोह आज प्रविधिमार्फत अपराध गर्ने भएका छन्। त्यसकारण प्रहरी पनि त्यसतर्फ केन्द्रित भइरहेको छ। जस्ता प्रकृतिका अपराध हुन्छन्, प्रहरीले पनि त्यसैअनुसार कारबाही प्रक्रिया अपनाउनुपर्ने हुन्छ।

प्रहरी संगठनभित्र विगतमा नेतृत्वकर्र्ताहरू व्यक्तिगत स्वार्थमा लिप्त भए,संस्थालाई बलियो बनाउनेतर्फ ध्यान दिएनन् भन्ने आलोचना भइरहन्छन्, यसमा के भन्नुहुन्छ ?
कसरी हेर्ने भन्ने कुरामा भरपर्छ। विगतका कमीकमजोरी सच्याएर काम गर्नुपर्छ। विगतमा भएका गल्ती दोहोरिनु हुन्न। हामी संक्रमणकालीन अवस्थामा भएकाले त्यस्तो देखिएको पनि होला। ऐन–कानुन स्पष्ट थिएनन्। हालसम्म प्रहरी ऐन, २०१२ अनुसारै काम भइरहेको अवस्था छ। अझै पनि कतिपय नीति/नियम नै बाझिने र काम गर्न रोक्ने खालका छन्। समय कति परिवर्तन भइसक्यो, तर हामीले काम गर्ने तरिका परिवर्तन गरेनौं।

सहजै हुने काममा किन रुखो बोली र कठोर व्यवहार गरिरहनु ? प्रहरीभित्रको यस्तो विभेदकारी व्यवहार मेरै कार्यकालमा सच्चिनेछ।

मुलुक संघीय प्रणालीमा गए पनि ऐन÷नियम र काम गराइ पुरानै ढर्राका छन्। यस्तो प्रहरी संगठनभित्र मात्रै नभएर सबैतिर छ। तैपनि प्रहरीले सबैै तहका सरकारसँग मिलेर काम गरेको छ। कहीं पनि शान्ति–सुरक्षा कमजोर हुन दिएको छैन। सुपरिवेक्षण, निरीक्षण र निर्देशन तथा समायोजन ऐन पनि निर्माण भइसकेको अवस्था छ। यसैका आधारबाट काम/कारबाही हुने हुन्।

नेपाल प्रहरी राजनीतिक प्रभाव र दबाबबाट मुक्त हुनै सकेन, नेताका इच्छाअनुसारकाम गर्न बाध्यछ, प्रहरीभित्र नेताकै चाकडी बढी छ।  किन ?
सबै कुरामा राजनीतिकर्मीलाई दोष दिनुअघिहामी आफू कति चोखा छौंै भन्ने कुरामा ध्यान दिन जरुरी छ। राजनीतिक व्यक्तिले सही कुरा भनेको छ भने त्यसलाई अनुसरण गर्नुपर्छ। तर उसले आफ्नो स्वार्थ जोडेर भनेको छ भने त्यसमा चासो दिने कि नदिने भन्ने कुरा आफंैमा भरपर्छ। प्रहरीले राजनीतिक नेताको आड वा निर्देशनमा काम गर्न हुन्न। संस्थागत नीति÷नियम र जिम्मेवारीभित्र प्रहरी संगठन रहनुपर्छ भन्ने मान्यता राख्छु म। प्रहरीलेस्वच्छ, सन्तुलित, व्यावसायिक र पारदर्शी भएर काम गर्नुपर्छ। प्रहरी संठगनभित्र विकृति आउन दिन हुन्न।

प्रहरी महानिरीक्षक हुनुअघि तपाईं गुमनामजस्तै हुनुहुन्थ्यो, कुनै विवादमा आएकोसुनिएन। तर कतिपय के भन्छन् भने काम गरेको भए पो विवादमा आउनु?
केही–केही साथीले त्यसो भन्नुभएको होला। सबैले एउटै दृष्टिले हेर्छन् भन्ने पनि हुँदैन। मैले गरेका काम सबैलाई चित्त बुझ्छ भन्ने पनि छैन र सबैको चित्त बुझाउन सम्भव पनि हुँदैन। त्यसकारण बाहिरबाट हेर्नेले भनेका कुरालाई म अन्यथा लिन्नँ। बरु कमजोरी छन् भने देखाइदिए सुधार्ने अवसर पाउँथें।

तर म आफ्नो काममा सधैं सन्तुष्ट छु र संगठन पनि सन्तुष्ट नै होला भन्ने अपेक्षा छ। म सही बाटोमा थिइनँ भने आइजिपी कसरी हुन्थें ? आफैंले आफ्नोबारे धेरै भन्नु त्यति उपयुक्त नहोला। तर मैले पारदर्शिता, इमान्दारिता, लगनशीलता, व्यावसायिकताबाट कहिल्यै भुलेको छैन। प्रहरी संगठनको मयार्दाभित्रै रहेर काम गरिरहेको छु।

यसअघि प्रहरीले गुण्डातह लगाउने नाममा ‘इन्काउन्टर’ भन्दै गोली हानेर हत्या गरेको आरोप लागिरहेको छ। कुमार पौडेल प्रकरणमा मानव अधिकार आयोगले उनको हत्या नै हो भनेर पुष्टि गरेको छ?
कसरी प्रतिवेदन आयो भन्ने पनि छ। अनुसन्धान गर्ने निकाय मानव अधिकार आयोग मात्रै होइन। प्रहरीले पनि अनुसन्धान गर्छ। यसबाहेक अरू निकायलाई पनि अनुसन्धान गर्ने अधिकार छ। प्रहरीको अनुसन्धान प्रतिवेदनमा पनि त्यस्तै देखियो भने घटनामा संलग्न जोकोही कारबाहीमा पर्छन्। प्रहरीले कसैको हत्या गर्न पाउँदैन।

आपराधिक क्रियाकलापमा संलग्नहरूलाई कानुनी दायरामा ल्याई समाजलाई अमनचयन राख्नु प्रहरीको मुख्य दायित्व हो। नियतवश प्रहरीले गल्ती गरेको छ भने उसले सजाय भोग्नुपर्छ। नियतवश होइन भने प्रहरीले त्यो प्रमाणित गरेर देखाउनुपर्छ। जेजस्तो अवस्था भएपनि हामी (प्रहरी) मानव अधिकारको संरक्षक र प्रवर्तक हौं। भरसक हाम्रा काम कानुनसंगत हुनपर्छभन्ने मेरो मान्यता छ।

सस्तो लोकप्रियताका लागि प्रहरीले नयाँ नारासहित नयाँ–नयाँ काम थाल्छ, तर तिनले निरन्तरता पाइरहेका छैनन्नि ?
प्रहरी–समुदाय साझेदारी कार्यक्रमको प्रभाव अहिले राम्रो छ। यसमा सबैको साथ र सहयोग पनि प्राप्त भइरहेको छ। साधन/स्रोतका लागि स्थानीय तहले सहयोग गरिरहेका छन्। जनचेतनामा प्रहरीले धेरै काम गरेको छ। सवारी दुर्घटना, लागुऔषध, लैंगिक हिंसा, दुव्र्यसन, आत्महत्याजस्ताघटना न्यूनीकरण गर्न प्रहरीले नयाँ–नयाँ कार्यक्रम ल्याउँछ। कतिपय कार्यक्रम उद्देश्य पूरा भएपछि बन्द भएका छन् भने केही जारी छन्।

हिजोका नेतृत्वकर्ताले केही जघन्य अपराधकाअनुसन्धान बाँकीराखिदिएको छन्, ती काम अब तपाईंका काँधमा छन्। निर्मलाबलात्कार÷हत्या र ३३ किलो सुन प्रकरण तपाईंको कार्यकालमा टुंगिएलान् त ?
अनुसन्धान समय तोकेर गरिने काम होइन। कतिपय अनुसन्धान चाँडै  सकिन्छ त कतिपयलाई निकै समय खर्चिनुपर्ने हुन्छ। अनुसन्धानमा धैयर्ता,  लगनशीलता र निरन्तरता आवश्यक हुन्छ।तसर्थ यति समयभित्रसक्छु भन्नु मूर्खता र अव्यावहारिक हुन्छ। त्यसकारणम मेरै कार्यकालमा यी घटनाको छिनोफानो हुन्छ भन्न सक्दिनँ। तर निर्मला प्रकरणकाविषयमा प्रहरीले सक्दो अनुसन्धान गरिरहेकै छ।सुन काण्डमा पनि प्रहरीले चासो नदिएको होइन। प्रहरीकै कति व्यक्ति मुछिए। कारबाहीमा परे। तर सत्यको नजिक पुग्न समय लाग्छ।

कारबाहीमा पर्नेमा पूर्वप्रहरी पनि धेरै छन्, यसले प्रहरी संगठनप्रतिकै विश्वास घटाउँदैन र ?
सबै प्रहरी त्यस्ता छैनन्। केहीले गरेहोलान्। तिनका विषयमा केही भन्दिनँ। विगतका कमीकमजोरीबाट शिक्षा लिएरप्रहरी सच्चिनुपर्छ। कसैको प्रलोभनमा प्रहरीफस्न हुँदैन। कतिपय कुरामा प्रहरी सच्चिन आवश्यक छ। खरिद–बिक्री र अन्य ऐनअनुसार प्रहरीले काम गर्नुपर्छ। आफ्नो सीमाभन्दा बाहिर गएर काम गरियो भने त्यसले संगठन नै कमजोर बनाउँछ। त्यसकारण प्रहरीमा इमान्दारिता, नैतिकता, पारदर्शिता र जिम्मेवारीपना हुनुपर्छ। हामीले यो भावना सबै प्रहरी कर्मचारीमाजागृत गराएका छौं। प्रहरीले निःशुल्क जनताको सेवा गर्छ। कसैलाई विभेद र अन्याय गर्दैन।

प्रहरी संगठनभित्र माथिल्लो दर्जाकाले तल्लो दर्जाका कर्मचारीलाई गर्ने बोली÷व्यवहार‘हेपाहा’ छ भन्ने सुनिन्छ नि?
प्रहरी संगठनकोछवि उच्च राख्नेगरी काम गर्ने हो। यस विषयमा हामीले धेरै चासो दिएका छौं। सहजै हुने काममा किन रुखो बोली र कठोर व्यवहार गरिरहनु ? यस्तो विभेद अन्त्यका लागिम काम गर्छु। मेरै कार्यकालमा यो शैली सच्चिनेछ। तल्लो तहका कर्मचारीको मनोबल गिराउँदा हामी सबै असफल हुन्छौं। किनभने बढी काम गर्ने उनीहरू नै हुन्। तर कतिपय कुरामा कडा पनि हुनुपर्छ। फिल्डभन्दा बाहिर कठोर र कडा व्यवहार गर्न हुँदैन। यस्तो गर्नेलाई विभागीय कारबाही हुन्छ।

प्रहरीको नेतृत्व सम्हालेपछि मनपर्ने कर्मचारीलाई सरुवा गरी नजिकै र सहज ठाउँमा ल्याउने, आफ्नो चाँजोपाँजो मिलाउने, प्रतिशोध साँध्नेजस्तागतिविधि विगतमा संगठनभित्र भएकै हुन्,अब तपाईंको कार्यकाल के होला?
आफ्नो काम गर्ने संगठन र तरिका मिलाउनपनि अदलीबदली आवश्यक छ। यो सबैले गर्छन्, मैले पनि गर्छु। किनभन्दा आफूले चाहेजस्तो कर्मचारी भएन भने काम गर्न असहज हुन्छ। यो प्रक्रिया प्रहरीमा मात्रै नभएर नेपाल सरकारका अन्य निकायमा पनि हुन्छ। तरयसलाई प्रतिशोधको नजरले हेर्नु भएन। यसरी हेरियो भने जस्तोसुकै काम पनि खराब देखिन्छ। नेतृत्वकर्तालेसबैको चित्त बुझाएर काम गर्नुपर्ने हुन्छ।

पाँच महिनापछि प्रहरी प्रमुख पदसँगै तपाईं प्रहरी सेवाबाटै बिदा लिँदै हुनुहुन्छ, प्रहरी बनिसकेपछिका सपना के–के थिए र बाँकी छन्?
महानिरीक्षक (आइजिपी) हुनु मेरो सपना होइन। यो काम गर्दै जाँदा पाइएको जिम्मेवारी हो। यो ५ महिनामा मैले धेरै काम गर्नुछ। मूल्यांकन गर्ने जिम्मा अरूको हो। अरूले राम्रो अनुभव गरे भने मेरो कार्यकाल पनिराम्रै भएको ठान्नेछु।

प्रकाशित: १४ फाल्गुन २०७६ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App