१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात  एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ।  

पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाईलाई जानकारी दिएका हुन्।  

तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामा प्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल एयरपोर्टबाट हिरासतमा लिएको बताएको छ। उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन्। उनीहरुले तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि पनि अफगानिस्तानमा नै बस्दै आउनु भएको छ। पूर्व राष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन्।  तालिबानलाई समावेशी सरकार गठन गर्न माग गरिरहेका छन्।

खामा प्रेससँग कुरा गर्ने स्रोतले महमूद कारजाईलाई हिरासतमा राख्नुको कारण उहाँको भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने विश्वास गरेको छ।

प्रकाशित: २१ कार्तिक २०७९ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App