१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सडक दुर्घटना हुँदा ३० जना घाइते

अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन्। एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ। काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ।  

दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र  उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।

दुर्घटनाको कारण हाल पुष्टि भएको छैन्। तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै  अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App