५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपाल-भारतबीच जनस्तरको सम्बन्ध कहिल्यै टुट्ने छैनः डा. शङ्करप्रसाद शर्मा

भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्धको आधार दुई देशका जनाताबीचको सुदृढ सम्बन्ध हो भनेका छन्। मंगलबार दिपावलीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कहिल्यै नटुट्ने बताए।

भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका जनताबीचको सहकार्य र साझेदारीलाई प्रवर्द्धन गर्दै उनीहरूलाई स्नेहको सूत्रमा जोड्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राजदूत शर्माले जनता–जनता, सभ्यता र धर्मको सम्बन्ध कहिल्यै पनि टुट्न नसक्ने, देशमा भिन्नता भए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै देश लाग्नुपर्नेमा जोड दिए।

जनता–जनताबीचको सम्बन्ध बलियो हुँदा नै नेपाल–भारत सम्बन्ध दिगो हुने बताउँदै राजदूत शर्माले वर्तमान समयमा व्यापार, लगानी र पर्यटनलगायत क्षेत्रबाटै आर्थिक विकासका लक्ष्य हासिल हुनसक्ने यथार्थ प्रस्तुत गरे। उनले दुवै देशका प्रधानमन्त्रीबाट नयाँदिल्ली र काठमाडौँको भ्रमणपछिका छ महिनामा आर्थिक विकासका निम्ति काम भइरहेको बताए। 

प्रकाशित: २ कार्तिक २०७९ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App