५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नौक्सलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नौक्सलाई प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन्।  

उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्।एर्नौक्स ले व्यवसासयक लेखन थाल्नु पहिले एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्।  

उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताएकी र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताए।  

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको रहेको छ।  

गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए।

प्रकाशित: २१ आश्विन २०७९ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App