७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोभिड–१९ उत्पतिको विषयमा थप विवाद

महामारी सुरु भएको २ वर्षपछि विश्व स्वास्थ संगठनले कोरोना भाइरसको उत्पति प्रयोगशालाबाट लिक भएको भन्ने विषयलाई गहिरो छानबिन र अध्ययन हुनुपर्ने बताएपछि यो विषयमा पून विवादित बनेको छ।

गत बिहीबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा संगठनका विशेषज्ञ समूहले महामारीको कसरी सुरुवात भन्नेमा खास तथ्यांकको अभाव रहेका र यो विषयमा प्रयोगशालाबाट भाइरस बाहिरिएको समेत गरी सबै सम्भावित सिद्धान्तको व्यापक अनुसन्धान हुनुपर्ने बताएको थियो।

संगठनले गत वर्ष गरेको स्थलगत भ्रमणमा प्रयोगशालाबाट भाइरस बाहिरिएको संभावना ‘अत्यन्त कम’ रहेको प्रारम्भिक प्रतिक्रया दिएको थियो। तर गत साताको अन्तमा सार्बजनिक गरिएको संगठनको प्रतिवेदनमा प्रयोगशालाबाट ‘लिक’ भएको भाइरसका कारण विगतमा महामारी सुरु भएको इतिहास रहेको र कोरोना भाइरसको सन्दर्भमा पनि यसलाई नजरअन्दाज गर्न नमिल्ने बताएको छ।

यसैगरी विशेषज्ञको समूहले प्रयोगशालाबाट ‘लिक’ भएको हुन सक्ने संभावनाको सम्बन्धमा चीनले कुनै अध्ययन प्रस्तुत नगरेको आरोप लगाएको छ। नयाँ प्रतिवेदनले चिनिया सरकार र संगठनबीचको सम्बन्ध टकरावपूर्ण रहेको देखिएको छ। संगठनले प्रतिवेदन सार्वजनिक गरेलगत्तै शुक्रबार यो आकलन राजनीतिक उद्देश्यले अभिप्रेरित रहेको र यसमा कुनै सत्यता नरहेको बताएको छ।  

चिनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले चीन यो विषयमा गरिने वैज्ञानिक अध्ययनको पक्षमा रहेको तर यसलाई राजनीतिक विषय बनाउन नहुने शुक्रबार बताए। ‘प्रयोगशालाबाट लिक भएको ‘थ्योरी’ सरासर गलत हो र चिनिया विरोधी शक्तिले राजनीतिक उद्धेश्यले यो विषयले उठाएका हुन्। यसको विज्ञानसँग कुनै सम्बद्ध छैन,’ उनले भनेका छन्।

झाओले भाइरसको ट्रेसिङ, तथ्यांक र अनुसन्धानको नतिजाको साझेदारीमा महत्वपुर्ण योगदान गरेको दाबी गरे। चीनको बुहानबाट सन् २०१९को डिसेम्बरमा शुरु भएको कोरोनाभाइरसका कारण विश्वमा ६३ लाख मानिसको मृत्यु भइसकोछ। विश्वका अधिकांश राष्ट्रले गरको लकडाउनका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ। सुरुमा महामारीलाई सम्बोधन गर्न चीनले ढिलाइ गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App